newsare.net
खोटाङ चैत्र–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सामाजिक सुरक्षा भत्तखोटाङमा सामाजिक सुरक्षा भत्तासँगै निःशुल्क स्वास्थ्य परीक्षण
खोटाङ चैत्र–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सामाजिक सुरक्षा भत्ताका साथै निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको छ । वडाका वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति, एकल महिला तथा दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता बितराणका साथै स्वास्थ्य परीक्षण शुरु गरिएको हो । मंगलबार शुरु भएको कार्यक्रममा १ सय ७१ जनालाई भत्ता वितरण गर्नुका साथै १ सय ११ जनाको स्वास्थ्य परीक्षण गरिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । मौसम परिवर्तनसँगै रुघाखोकीका बिरामी बढेकाले भत्ता लिन आउनेको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको जनाइएको छ । खार्मीमा सामाजिक सुरक्षा भत्ता पाउने १ सय ७२ जना जेष्ठ नागरिक, ९३ जना एकल महिला, ४७ जना दलित बालबालिका, २१ जना दलित जेष्ठ नागरिक र दश फरक क्षमता भएका व्यक्ति रहेको बताईएको छ । भत्ता वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम बुधबार बेलुकासम्म रहने वडा कार्यालयले जनाएको छ । Read more