newsare.net
जनयुद्धका शहिद दिलकाजी कार्की तथा ठुल कुमारको सम्झानामा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानु लेसम्झनामा दिलकाजी (फोटो फिचर)
जनयुद्धका शहिद दिलकाजी कार्की तथा ठुल कुमारको सम्झानामा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानु ले दिलकाजी–इन्दिरा कार्कीको १७ औं स्मृति दिवसको अवसरमा आइतबार ३१ असारमा गरेको कार्यक्रम । कार्यक्रममा संघीय संसदका सांसद विशाल भट्टराई, प्रदेश सांसद रामकुमार राई पासाङ लगायतले दिलकाजीको बलिदानको उच्च सम्मान गर्दै शहिदहरुले देखेको सपना पूरा गर्नपर्नेमा जोड दिएका थिए ।दिलकाजी जनयुद्धको एक इमान्दार, निष्ठावान र मुक्तिका लागि संघर्षशिल खोटाङका नेता थिए । दिलकाजी र उनकी श्रीमती इन्दिराको ३१ असार २०५९ मा तत्कालिन शाही सेनाद्धारा हत्या भएको थियो । प्रत्यक्षदर्शी तथा खोटाङका माओवादी नेता कार्यकर्ताले तत्कालिन राज्य सेनाले सिमपानीबाट दिलकाजीलाई गिरफ्तार गरी हत्या गरेको दाबी गर्दै आएका छन् । सो समयमा दिलकाजीसँगै उनकी श्रीमती इन्दिरा कार्कीको समेत सँगै हत्या भएको थियो । यस वर्ष दिलकाजी र ठुलकुमारको नाममा स्मृति प्रतिष्ठान स्थापना हो । Read more