newsare.net
खोटाङ असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमवाट संकलन गरिएको रकम हस्तफेसबुक पेजवाट संकलित रकम मृगौला पीडितलाई
खोटाङ असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमवाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले संकलन गरेको २२ हजार पाँच सय रुपैंयाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मृगौला पीडित ९ वर्षीय सुस्मिता बिश्वकर्मालाई हस्तान्तरण गरिएको हो । पुर्व–पश्चिमका ७२ युवाले सञ्चालन गरिरहेको फेसबुक पेजका सञ्चालकले शनिबार खोटाङखबर साप्ताहिकको दिक्तेलस्थित कार्यालयमा रकम हस्तान्तरण गरेका हुन् । फेसबुक पेजका सञ्चालकबाट संकलन गरिएको रकम सामाजिक दिवसको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक आचार्यले पीडित बालिकालाई हस्तान्तरण गर्नुभएको हो । दुबै मिर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्यामा परेका बिश्वकर्मा परिवारलाई सहयोग गरिएको फेसबुक पेजका सञ्चालक कृष्णकला राईले बताउनुभयो । बाम्राङ घर भइ हाल कतारमा रहेका युवराज थापाले पनि सुस्मितालाई शुक्रबार सुर्केडाँडा आधारभुत बिद्यालयका प्रअ सुर्यबहादुर थापामार्फत १५ हजार सहयोग प्रदान गर्नुभएको थियो । Read more