newsare.net
खोटाङ असोज–८, खोटाङमा केरा खेती पकेट क्षेत्रका कृषकहरु आफुले उत्पादन गरेको केराले वजार नपाउनेकेरा पकेट क्षेत्रका कृषकलाई बजारको चिन्ता
खोटाङ असोज–८, खोटाङमा केरा खेती पकेट क्षेत्रका कृषकहरु आफुले उत्पादन गरेको केराले वजार नपाउनेमा चिन्तित बनेका छन् । केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका केरा उत्पादक कृषकहरु दीगो सडक तथा यातायात अभावमा केराले वजार नपाउनेमा चिन्तित बनेका हुन् । विजयखर्कको वसेरीमा पर्ने ढकालबेंसी क्षेत्रमा दैनिक उत्पादन हुने २५ देखि ३० घरी केराले हालै पनि वजार नपाएको स्थानीय वताउँछन् । केरा पकेट क्षेत्र निर्धारणसँगै विकास र विस्तार गरिएको केरालाई शहर–वजारसम्म पु¥याउने सडक तथा यातायात अभावमा भविश्यमा समेत वजार नपाउनेमा कृषक सशंकित बनेका छन् । उल्लेख्य रुपमा केरा उत्पादन हुने उक्त क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा विकास गर्न यो वर्ष मात्रै नगरपालिकाको झण्डै तीन लाख(२ लाख ९७ हजार) र स्थानीयको श्रमदान गरी ५ लाख रुपैंयाँ वरावरको लगानी गरिएको छ । उक्त रकमवाट ३ वटा प्लाष्टिक पोखरी निर्माण र पाईप खरिद गर्नुका साथै स्थानीय जातका ७ हजार विरुवा वितरण गरी लगाईएको खाद्यान्न वाली पवित्र कृषक समुहका अध्यक्ष वाणिबेलास ढुंगानाले वताउनुभयो । नगरपालिकाले क्रमशः उक्त क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा बिकास गर्न लगानी बढाउँदै लैजाने जनाएका छन् । उत्पादनलाई ब्यवसायिक तथा आम्दानीमुलक वनाउने उदेश्यले नगरपालिकावाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणा अनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ । स्थानीय रुपमा गठित दुई वटा कृषक समुहको पहलमा सो क्षेत्रलाई गत बैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो ।परम्परागत खेती प्रणालीवाटै पनि केरा राम्ररी उत्पादन हुने गरेकोमा श्रम र लगानी बढाएको खण्डमा उत्पादनमा उल्लेख्य बृद्दि गर्न सकिने स्थानीय सुनाउँछन् । कृषकहरुका अनुसार सडक र खरिदकर्ता भएको खण्डमा तत्कालै मात्र पनि सो क्षेत्रवाट एक सातामा एक ट्र्याक्टर केरा वजार पठाउन सकिने उत्पादन दर रहेको छ । तर यातायात तथा वजारका अभावमा केरालाई भैंसीको कुँडो वनाउनमा खेर फाल्न परेको स्थानीयको दुखेसो छ । वजारकै चिन्ताले कतिपय स्थानीयले नयाँ विरुवा लगाउन हिच्किचाएका छन् । यसअघि, उद्योग वाणिज्य संघले आफैले खरिद गरिदिने भन्दै अदुवा उत्पादन बढाउन अनुरोध गरेपछि उत्पादन गरिएको अदुवा खेर गएको नमिठो अनुभव पनि स्थानीय सुनाउँछन् । भन्छन–‘हामी आफै किनिदिन्छौं भन्दै उत्पादन गर्न लगाए, पछि वास्ता गरेन, बजार पाईएन, अझै पनि थुप्रिएर रहेका छन् ।’केराको पनि उस्तै हाल हुने भन्नेमा सशंकित कृषक भन्छन्–‘अहिले केरा उत्पादनका लागि नगरपालिकाले सहयोग गरिरहेको छ, सडक र वजार भरपर्दो छैन ।’ उत्पादित केरा पिठ्युँमा ४ घण्टा वोकेर दिक्तेलवजारमा वेच्दा आम्दानी भन्दा हैरानी बढी हुने कृषकको अनुभव छ । हालसम्म सदरमुकाम र विजयखर्कको वसेरी जोड्ने भरपर्दो र छोटो सडक खुल्न सकेको छैन ।वजारको चिन्ता नगरी उत्पादन बढाउन नगरपालिकाको आग्रह दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्क वसेरीमा प्रचुर मात्रामा केरा उत्पादन हुने पाईएको भन्दै उत्पादक कृषकलाई निरास नहुन आग्रह गरिएको छ । नगरपालिकाको उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै गरिएको केरा पकेट क्षेत्र अनुगमनको क्रममा उल्लेख्य मात्रामा केरा उत्पादन पाईएको भन्दै वजारको चिन्ता नगरी उत्पादन बढाउन कृषकलाई आग्रह गरिएको हो ।वजारले खोजे जति उत्पादन गरेको खण्डमा केरा खेर नजाने मेयर दिपनारायण रिजालले वताउनुभयो । यदि जिल्लावाहिर लैजान पुग्ने गरी उत्पादन भएको खण्डमा दैनिक रुपमै पनि ट्रक लगायतका साधन लिएर खरिदकर्ता गाउँमै आउने मेयर रिजालले जनाउनुभयो । दैनिक नभए साप्ताहिक रुपमै भए पनि सो क्षेत्र उत्पादनक भएको केरा संकलन गरी बजार पठाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । मेयर रिजालले अव नगरपालिकाभित्र भएका उत्पादनहरुलाई वाह्य वजारसम्म पु¥याउन संकलन केन्द्र निर्माणको अवधारणा ल्याईएको समेत कृषकलाई सुनाउनुभयो । अनुगमन टोलीसँग भएको छलफल तथा अन्र्तक्रियामा स्थानीयले एक सातामा एक ट्रक केरा उत्पादन तथा संकलन गर्न सकिने जनाएका छन् । स्थानीय रुपमा केराको मूल्य प्रति केजी २५ रुपैंयाँ कृषकहरुले निर्धारण गरेका छन् । नगरपालिकाको अनुगमन, सुझाव, सल्लाह तथा प्रतिबद्दतावाट स्थानीय हर्षित बनेका छन् । Read more