newsare.net
खोटाङ मंसिर–२, एम.ए. सेमेष्टारको विद्यार्थी समेत रहनुभएको लोकसेवा आयोग कार्यालय खोटाङमा कार्यसमाजशास्त्रका विद्यार्थी समेत रहेका नासु खड्कालाई श्रद्धाञ्जली
खोटाङ मंसिर–२, एम.ए. सेमेष्टारको विद्यार्थी समेत रहनुभएको लोकसेवा आयोग कार्यालय खोटाङमा कार्यरत नासु शम्भुुकुमार खड्काको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ । दिक्तेल वहुमुखी क्याम्पस खोटाङमा मानबिकी तथा सामाजिक शास्त्र संकायतर्फ एम.ए. समाजशास्त्र दोश्रो सेमेष्टरका बिद्यार्थी रहेका खड्काको निधनमा क्याम्पसले आईतबार बिहान श्रद्धाञ्जली सभा गरेको हो । मुटुमा समस्या देखिएपछि काठमाण्डौंको केएमसी अस्पतालमा पु¥याईएका खड्काको उपचारको क्रममा कात्तिक ३० गते राती निधन भएको आफन्तले बताएका छन् । खड्काको निधनमा क्याम्पस प्रमुख हिराकुमार राई, प्राध्यपक रामप्रसाद राई लगायतले दुःख व्यक्त गरेका छन् । क्याम्पसका प्राध्यापक तथा बिद्यार्थीले खड्काको तस्बिरमा अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । ईमान्दार, मिलनसार तथा मेहनती खड्काको आकस्मिक निधनप्रति सहपाठीहरुले समेत दुःख व्यक्त गरेका छन् । २०४० साल बैसाख १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–१५ बिजयखर्क मालामा जन्मनुभएको नासु खड्का ईमान्दार राष्ट्र सेवकका रुपमा पुरस्कृत कर्मचारी हुन् । खड्काको २ छोरी र १ छोरा छन् । Read more