newsare.net
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबारशनिबार मात्रै २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, हालसम्म ६६ हजारले गरे अवलोकन
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधबारदेखि सुरु भएको एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको थियो । एक्सपोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन् । ‘शुक्रबारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । शनिबार मात्र २४ हजारले अवलोकन गरेका छन् । आइतबारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ ।’ इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको… The post शनिबार मात्रै २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, हालसम्म ६६ हजारले गरे अवलोकन appeared first on Bizkhabar Online. Read more