newsare.net
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले यसबर्षको नेपाल गुणस्तर (एनएस) क्वालिटी अवार्ड शिवम् सशिवम सिमेन्टलाई गुणस्तर अवार्ड, मारुती र जगदम्बाले पाए लेटर अफ एप्रिसिएसन
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले यसबर्षको नेपाल गुणस्तर (एनएस) क्वालिटी अवार्ड शिवम् सिमेन्टलाई प्रदान गरेको छ । विभागले बिहीबार आफ्नै कार्यालयबाट कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीले गरेका विभिन्न कार्यक्रम, सामाजिक उत्तरदायित्व लगायतका कार्यहरुलाई हेरेर विभागले उक्त अवार्ड प्रदान गरेको जानकारी दिएको छ । यस्तै विभागले मारुती सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्टलाई लेटर अफ एप्रिसिएसन अवार्ड प्रदान गरेको छ । कम्पनीहरुले उक्त अवार्डका लागि २ बर्ष अघि नै आवेदन दिएका थिए । उक्त आवेदन अनुसार विभागले उनीहरुको कामको आधारमा सम्मान गरेको हो । The post शिवम सिमेन्टलाई गुणस्तर अवार्ड, मारुती र जगदम्बाले पाए लेटर अफ एप्रिसिएसन appeared first on Bizkhabar Online. Read more