newsare.net
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । नेपाल प्रहसक्रिय बन्दै प्रहरी, ३६ लाख नगद सहित हुण्डी कारोबारी भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । नेपाल प्रहरीले आईतबार बिहान कुलेश्वरबाट ५७ बर्षिय भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो । महानगरिय प्रहरी बृत्त कालिमाटीले उनी हुण्डी कारोबार गर्ने गरेको सुचना पाएपछि खोज्दै जाँदा कुलेश्वरस्थित उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो । उनी भारतको बेतिया, जोगपट्टी थानाका स्थानीय हुन । उनको साथमा ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ । The post सक्रिय बन्दै प्रहरी, ३६ लाख नगद सहित हुण्डी कारोबारी भारतीय नागरिक पक्राउ appeared first on Bizkhabar Online. Read more