newsare.net
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनतनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’ निर्माण सुरु, २०८१ मा निर्माण सम्पन्न हुने
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ निर्माणको काम सुरु गरिएको छ । १ सय ४० मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरेको हो । तनहँु जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले बिहीबारदेखि सुरुङ खन्ने कामको सुरुआत गरेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले जानकारी दिएका छन । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको हो । सिनोले झापुटारमा… The post तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’ निर्माण सुरु, २०८१ मा निर्माण सम्पन्न हुने appeared first on Bizkhabar Online. Read more