newsare.net
काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्रातो मच्छिन्द्रनाथको पुनर्निर्माण सुरु, १ बर्षभित्रै सम्पन्न गरिने
काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए । उनका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बाहरु एकत्रित गर्ने कार्य गरिएको छ । उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीहरुसँग छलफल पनि गरेको छ । मन्दिर पुनर्निर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराइएको पुरातत्व विभागका सिडिई सम्पत घिमिरेले जानकारी दिए… The post रातो मच्छिन्द्रनाथको पुनर्निर्माण सुरु, १ बर्षभित्रै सम्पन्न गरिने appeared first on Bizkhabar Online. Read more