Select a country

खोटाङका बाँदर पीडित किसानहरुले गठन गरे बाँदर व्यवस्थापन समिति

खोटाङ मंसिर–१६,  खोटाङका बाँदर पीडित किसानहरुले बाँदर व्यवस्थापन समिति गठन गरेका छन् । आईतबार द
Hamro Khotang

खोटाङका बाँदर पीडित किसानहरुले गठन गरे बाँदर व्यवस्थापन समिति

खोटाङ मंसिर–१६,  खोटाङका बाँदर पीडित किसानहरुले बाँदर व्यवस्थापन समिति गठन गरेका छन् । आईतबार दिक्तेलवजारको हेलीप्याडमा भएको पीडित किसानका भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो । खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा भेला भएका किसानले गठन गरेको समितिको उपाध्यक्षमा दिपक राई, सचिवमा ज्ञानप्रसाद ढुंगाना र कोषाध्यक्षमा अञ्चल राई चयन हुनुभएको छ । यसअघि पटक–पटक छलफल र भेला गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, दोर्पाचिउरीडाँडा, विजयखर्क लगायतका ठाउँका बाँदर पीडित किसान निर्णायक ‘एक्सन’ तयारीमा भेला भएका हुन् । वर्षेनी बाँदरले खेतबारीका अन्नबाली नष्ट पारिदिने भएकाले बाँदरलाई बन्दुकले हानेर मार्न पाउनुपर्ने वा अन्यत्र जंगलमा लखेटेर पु¥याउनुपर्ने किसानको माग छ । बाँदर नियन्त्रणका लागि आगामी माघमा बैठक बसेर स्थानीय सरकार समक्ष माग राख्ने निर्णय गरिएको बाँदर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताउनुभयो । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाइदिने गरेका कारण किसान आजित छन् । 

‘राई पत्रकार संघ सुनसरीको अध्यक्ष विशाल नै हुन्’

खोटाङ, मंसिर–१६, किरात राई पत्रकार संघ सुनसरीमा केही समय यता विवाद तथा द्विविधा पाईए पनि अन्तत : वि
Hamro Khotang

‘राई पत्रकार संघ सुनसरीको अध्यक्ष विशाल नै हुन्’

खोटाङ, मंसिर–१६, किरात राई पत्रकार संघ सुनसरीमा केही समय यता विवाद तथा द्विविधा पाईए पनि अन्तत : विशाल राई नै आधिकारिक अध्यक्ष भएको स्पष्ट पारिएको छ । उक्त संघको गत मंसिर–१६ गते वसेको वैठकवाट केही अन्यौलता देखिए पनि चरणवद्द छलफल तथा भेटघाट गर्दा विशाल नै आधिकारिक जिल्ला अध्यक्ष स्पष्ट भएको केन्द्रीय अध्यक्ष भीम राईले जनाउनुभएको छ । किरात राई पत्रकार संघ सुनसरीमा दुई कार्य समिति क्रियाशील रहेको भन्ने विषयलाई परिस्थिती र अवस्थाको सवै कोणवाट गम्भिरतापूर्वक अध्ययन तथा विश्लेशण गर्दा विशाल नै अध्यक्ष मान्य गरिएको केन्द्रीय अध्यक्ष राईले स्पष्ट पानुभएको छ । केन्द्रीय अध्यक्ष राईले आईतवार विज्ञप्ती जारी गर्दै लेख्नुभएको छ– ‘यसअघिवाट संस्थागत वैधानिक विधी अनुसार नै क्रियाशील रहँदै आएको र संघको हालै सम्पन्न चौथो अधिवेशनमा समेत संस्थागत प्रतिनिधित्व गरिसकेको विशाल राई नेतृत्वको कार्य समिति नै आधिकारिक भएको स्पष्ट गर्न गराउन चाहान्छौं ।’  केन्द्रीय अध्यक्ष राईको विज्ञप्तीमा सुनसरीमा उत्पन्न समस्याको वारेमा जिल्ला अध्यक्ष विशाल र सचिव सुम्निमाले हस्ताक्षर गरेको आधिकारिक पत्र केन्द्रमा पठाए पनि अन्य कुनै पक्षले सो वारेमा जानकारी नगराएको समेत उल्लेख छ । सुनसरी जिल्ला अधिवेशन ताका विवाद हुँदा प्रविण राई नेृतृत्वको अर्को कार्य समिति पनि गठन गरिएको थियो ।

वाँदरको विगविगी

वाँदरको विगविगी : वाँदर नियन्त्रण गर्ने सम्वन्धमा दिक्तेलवजारमा भएको वृहत भेलामा आएका वाँदर । 
Hamro Khotang

वाँदरको विगविगी

वाँदरको विगविगी : वाँदर नियन्त्रण गर्ने सम्वन्धमा दिक्तेलवजारमा भएको वृहत भेलामा आएका वाँदर । जिल्लाका किसानले खेतवारीमा लगाएको अन्नवाली सखाप वनाई घरघरमै आएर उठीवास लगाउने गरेका छन् । वाँदर नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका खोटाङ पन्ध्रै वडाका किसान सम्मिलत समिति गठन गरिएको छ । 

नाछिरिङ राईको नेतृत्वमा सकलबहादुर

खोटाङ मंसिर–१६, नाछिरिङ राईको संगठन किरात रदु नाछिरिङ साखाम (केन्द्र)को नेतृत्व सकलबहादुर राईले ल
Hamro Khotang

नाछिरिङ राईको नेतृत्वमा सकलबहादुर

खोटाङ मंसिर–१६, नाछिरिङ राईको संगठन किरात रदु नाछिरिङ साखाम (केन्द्र)को नेतृत्व सकलबहादुर राईले लिनुभएको छ । शनिबार साँझ धरानमा सम्पन्न सातौं अधिबेशनबाट राई किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । २५ सदस्यीय साखामको उपाध्यक्षमा कमलकुमारी नाछिरिङ र भीमराज नाछिरिङ, महासचिवमा टेक नाछिरिङ, सचिवमा फडिन्द्र नाछिरिङ र सरिता नाछिरिङ तथा कोषाध्यक्षमा प्रभा नाछिरिङ चयन भएका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ, काठ्माण्डौं लगायत बिदेशमा बसोबास गरिरहेका नाछिरिङ समुदायका प्रतिनिधिको सहभागीतामा साखामको नयाँ नेतृत्व चयन गरिएको निर्वाचन मण्डलका संयोजक भीम राईले बताउनुभयो । पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाजको विवरण संकलन एबं वर्ण निर्धारण लगायतका काम टुंग्याए पश्चात किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिबेसन उद्घाटन गरिएको थियो । साखामको अधिबेशन प्रदेशसभा सांसद राजन राईले शनिबार उद्घाटन गर्नुभएको थियो । अधिबेशन उद्घाटन सत्रमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार नाछिरिङ, भाषाबिद डा. तारामणी राई लगायतको उपस्थिति रहेको थियो । नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिएको छ । २०५३ सालमा गठन गरिएको साखामले २०५७ सालमा मात्र कानूनी मान्यता प्राप्त गरेको थियो । साहित्यकार एबं चित्रकार लैनसिं बाङ्देल संरक्षक र पुर्वक्याप्टेन मानबहादुर नाछिरिङ अध्यक्ष रहेको साखाम २०५७ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा दर्ता गरिएको थियो । साखामको दोश्रो अधिबेसनबाट भूपु क्याप्टेन मानबहादुर नाछिरिङ नै अध्यक्षमा दोहोरिएका थिए । यस्तै, तेश्रो र चौथो कार्यकालका अध्यक्ष प्रताप नाछिरिङ, पाँचौ कार्यकालका अध्यक्ष निरकुमार नाछिरिङ र छैठौं कार्यकालका अध्यक्ष गृहबहादुर नाछिरिङ चयन भएका थिए । 

नाछिरिङ भाषाको पहिलो पटक वर्ण र व्यञ्जन निर्धारण

खोटाङ मंसिर–१५, नाछिरिङ राई भाषाको पहिलो पटक स्वर वर्ण र व्यञ्जन बर्ण निर्धारण गरिएको छ । पुर्वी न
Hamro Khotang

नाछिरिङ भाषाको पहिलो पटक वर्ण र व्यञ्जन निर्धारण

खोटाङ मंसिर–१५, नाछिरिङ राई भाषाको पहिलो पटक स्वर वर्ण र व्यञ्जन बर्ण निर्धारण गरिएको छ । पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एबं पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि पहिलोपल्ट स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारण गरिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा बिभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर बर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइएको हो । भाषा, संस्कार र संस्कृतिका बिषयमा जानकार पुर्खालाई मंसिर ९ गतेदेखि १३ गतेसम्म धरानमा भेला गरेर नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाज लगायतका बारेमा छलफल एबं संकलन पश्चात शुक्रबार वर्ण निर्धारणका काम गरिएको केन्द्रले जनाएको छ । भाषाविद् डा. तारामणी राईको सहजिकरणमा नाछिरिङ भाषाको २६ व्याञ्जन बर्ण र १३ स्वर बर्ण पहिचान गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)का महासचिव टेक नाछिरिङले बताउनुभयो । केन्द्रका अनुसार भाषविद्को सहयोगमा नाछिरिङ भाषामा क, ख, ग, घ, ङ, च, छ, ज, झ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह र अ लाई व्याञ्जन बणर््ाका रुपमा पहिचान गरिएको छ । यस्तै, इ, इः, इ, ए, एः, आ, आः, अ, अः, ओ, ओः, उ र उः स्वर बर्ण पहिचान भएको महासचिव नाछिरिङले बताउनुभयो । नाछिरिङ भाषाको पाठ्यक्रम तयार पारेर सोही भाषामा पठन–पाठनका लागि बर्ण पहिचानको काम गरिएको हो । विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्या करिब १२ हजार रहेको अनुमान गरिएको छ । संस्कार, संस्कृति र भाषा संरक्षण अभियानका लागि खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ र काठ्माण्डौंबाट नाछिरिङ समुदायका पुर्खालाई एक ठाउँमा भेला गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो । 

ज्यान मार्ने उद्योगका दोषी ११ वर्षपछि जेल चलान

खोटाङ, मंसिर–१५, खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका
Hamro Khotang

ज्यान मार्ने उद्योगका दोषी ११ वर्षपछि जेल चलान

खोटाङ, मंसिर–१५, खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल बैसाख २० गते ६ वर्ष ७ महिना १० दिन कैंद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७ सुंदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् । अदालतबाट कैंद सजायको फैसला सुनाइए पनि हालसम्म फरार रहेका राईलाई पक्राउ गरेको दोश्रो दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । घरैमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिहिबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराइएकामा राईलाई आजै जेल चलान गरिएको प्रहरीले जनाएको छ । 

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

 नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राई
Hamro Khotang

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

 नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्याक्रम निर्माण एवम् पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न ८ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर वर्ण निर्धारणको काम थालिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो । खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा र मोरङ जिल्लाबाट बोलाइएका पुर्खाको सहयोगमा वर्ण निर्धारणको काम शुरु गरिएको उपाध्यक्ष राईको भनाइ छ । पुर्खासँगको छलफल र बहसबाट मंसिर १४ गतेसम्म स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारणका कामलाई निरन्तरता दिएर अन्तिममा भाषाविद् डा. तारामणी राईको सहयोगमा बर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइने किरात रदु नाछिरिङ साखाम (केन्द्र)ले जनाएको छ । वर्ण निर्धारणका लागि खोटाङका शिक्षक रामकुमार राई, रमेश राई र सोलुखुम्बुका शिक्षक निरकुमार राईले सहजीकरण गरिरहेका छन् । वर्ण निर्धारणको काम सम्पन्न गरे लगत्तै मङ्सिर १५ गते किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिवेशन धरानमै गर्ने तयारी गरिएको छ । विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिए पनि हालसम्म वर्ण निर्धारणको काम हुन सकेको थिएन । 

अग्नी पीडित शिक्षकलाई बिद्यार्थीको सहयोग

खोटाङ मंसिर–१४, खोटाङको दिक्तेलस्थित सरस्वती माबिका पुर्वबिद्यार्थीले अग्नी पीडित शिक्षकलाई आ
Hamro Khotang

अग्नी पीडित शिक्षकलाई बिद्यार्थीको सहयोग

खोटाङ मंसिर–१४, खोटाङको दिक्तेलस्थित सरस्वती माबिका पुर्वबिद्यार्थीले अग्नी पीडित शिक्षकलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडित शिक्षक कृष्णकुमार श्रेष्ठलाई पुर्वबिद्यार्थीको समुहले शुक्रबार आर्थिक सहयोग गरेको हो । २०५२ सालमा सरस्वती माबिबाट एसएलसि उत्तिर्ण गरेका बिद्यार्थीको फेसबुक ग्रुपका माध्यमबाट संकलन भएको १ लाख ५६ हजार ८ सय ५० रुपैयाँ रकम प्रअ ध्यानबहादुर राईले अग्नी पीडित शिक्षकलाई हस्तान्तरण गर्नुभएको हो । सरस्वती माबिका अग्नी पीडित शिक्षकलाई पहिलो चरणमा ४१ जनाबाट संकलन भएको राहत प्रदान गरेको पुर्वबिद्यार्थीले थप राहत रकम संकलन भइरहेको जनाएको छ । हाल स्वदेश तथा बिदेशमा संकलन भइरहेको राहत रकम केही समयपछि अग्नी पिडितलाई हस्तान्तरण गरिने पुर्वबिद्यार्थी छत्र थापाले बताउनुभयो । मंसिर १० गते मात्र सरस्वती माबिका विद्यार्थी, शिक्षक, पुर्वशिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले ३ लाख ९१ हजार ७ सय २० रुपैयाँ राहत रकम प्रदान गरेको थियो । रत्नपार्कका अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र तीन घरमा आंशिक क्षती पुगेको थियो । आगो फैलिन नदिनका लागि डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा रबिध्वज राई, राजु श्रेष्ठ र नबिन गुरुङको घरमा क्षती पुगेको छ । रबिध्वज दोश्रोपल्ट अग्नी पीडित भएका हुन् । 

हलेसी–तराई जोड्ने सडक स्तरोन्नतीको माग

खोटाङ, मंसिर ९ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले आफ्नै पहल–कदमीमा निर्मा
Hamro Khotang

हलेसी–तराई जोड्ने सडक स्तरोन्नतीको माग

खोटाङ, मंसिर ९ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले आफ्नै पहल–कदमीमा निर्माण गरिएको कच्ची सडक स्तरोन्नतीको माग गरेका छन् । स्थानीयको श्रम र पसिनाको उपयोगमा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको माग गरेका हुन् । उदयपुर हुँदै तराईबाट त्रि–धार्मिकस्थल हलेसी आवत जावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गकारुपमा उपयोग गर्न सकिने सम्भावना बोकेकाले दुर्छिमका स्थानीयले प्रदेश नम्बर १ का सांसद राजन राई समक्ष सडक स्तरोन्नतीको माग राखेका हुन् । निर्माण गरेको लामो समयसम्म मर्मत तथा स्तरोन्नती गर्न नसकिएकाले उपभोक्ताकातर्फबाट प्रदेश सांसदलाई गुहार माग्नु परेको उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले बताए । ‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित निर्माण गरिएको सडक उदयपुरबाट सगरमाथा पुग्ने छोटो मार्गकारुपमा बिकास गर्न सकिने सम्भावना समेत रहेकाले स्तरोन्नतीका लागि प्रदेश सांसद समक्ष माग गरिएको उपभोक्ता समितिले जनाएको छ । स्थानीयको पहलमा निर्माण गरिएको सो सडक प्रदेशमै ‘स्थानीय सहभागितामा समृद्धि’ हासिल गर्ने नयाँ अभ्यासकारुपमा स्थापित गर्न सकिने भएकाले प्रदेश सरकारले स्वामित्व ग्रहण गरेर समाजसेवी तथा स्थानीय उपभोक्तालाई प्रोत्साहित गर्न नमुना योजनाका रुपमा प्रस्तु गर्न सकिने मागपत्रमा उल्लेख छ । ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने भावनाकासाथ स्थानीयको सहभागितामा ५५ लाख ९३ हजार १५० रुपैयाँको लागतमा निर्माण गरिएको सो सडक २०७२ साल जेठ ९ गते उदघाटन गरिएको थियो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा जोडिने सडक ओखलढुङ्गा हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने छोटो मार्गकारुपमा पनि स्थापित गर्न सकिने सम्भावना गरेको निर्माण उपभोक्ता समितिको दाबी छ । पहिलोचरणमा २०६९ साल चैत्र ५ गतेदेखि २०७० साल जेठ ९ गतेसम्म छापडाँडादेखि ढोडेनीसम्म र दोश्रो चरणमा २०७१ साल चैत्र १८ गतेदेखि २०७२ साल बैसाख ९ गतेसम्ममा सुनकोसीको बतासेसम्म बिस्तार गरिएको सडक हाल मर्मत एबं स्तरोन्नतीको पखाईमा रहेको छ । आफ्नो श्रम र पसिनाले निर्माण गरिएको गाउँको सडकको प्रचार–प्रसार एबं स्तरोन्नतीमा सबैको ध्यानाकर्षणकालागि स्थानीयले २०७३ सालदेखि हरेक वर्ष होलेसुङ–जनकराज राई मार्ग गोल्डकप सञ्चालन गर्दैआएको छ । 

‘प्रदेशको नाम र राजधानी सर्वसम्मत हुने सम्भावना छैन’ : मन्त्री कार्की

खोटाङ मंसिर–५, एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेशको नाम र र
Hamro Khotang

‘प्रदेशको नाम र राजधानी सर्वसम्मत हुने सम्भावना छैन’ : मन्त्री कार्की

खोटाङ मंसिर–५, एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेशको नाम र राजधानी सर्वसम्मत नहुने बताउनुभभएको छ । मंगलबार साँझ खोटाङ आइपुग्नु भएका मन्त्री कार्कीले बुधबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एक नम्वर प्रदेशको नाम र राजधानी सर्वसम्मत हुने सम्भावना नरहेको वताउनुभयो ।मन्त्री कार्कीले बिभिन्न चार/पाँच वटा नाम प्रस्तावमा आएकाले बढिभन्दा बढिको सहमतीमा प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताउनुभयो । प्रदेशका लागि सगरमाथा, कोशी, किरात, लिम्बू, मेची, बिराट लगायतका नाम आएकाले सबैभन्दा बढिको पहिचान बोक्ने, सबैभन्दा बढिले रुचाउने र सबैभन्दा बढिको निकट हुने खालको नामबाट नामाकरण गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेशको राजधानी बनाउने नाममा खेतीयोग्य जमिन तथा जंगल मास्ने काम नगरिने स्पष्ट पार्नुभयो । यस्तै, मन्त्री कार्कीले एक नम्वर प्रदेशमा कृषिलाई पहिलो प्राथमिकतामा चयन गरेको जनाउनुभएको छ । उहाँले कृषिको उत्पादकत्व बढाउने, कृषिलाई व्यवसायिकरण तथा बैज्ञानिकीकरण गर्ने वताउनुभयो । कृषिलाई यान्त्रीकरण गर्ने, कृषिको आयतलाई प्रतिस्थापन गर्दै कृषिलाई रोजगारमुलक क्षेत्रका रुपमा बिकास गर्ने गरी प्राथमिकतामा राखेको मन्त्री कार्कीको भनाई छ । दोश्रो प्राथमिकतामा धार्मिक तथा पर्यटकीय महत्वका कुरा, तेश्रोमा जलश्रोत र चौथोमा औद्योगिक क्षेत्रको बिकासलाई प्राथमिकता दिने उहाँले सुनाउनुभयो । अर्को प्रशंगमा मन्त्री कार्कीले नेकपाको एकता बिलम्बमा पार्टी केन्द्रीय कमिटि जिम्मेवार रहेको बताउनुभएको छ । ठूलो पंक्तीका नेता व्यवस्थापनकाक्रममा आन्तरिक छलफल गर्नुपर्ने, नेताको कार्यव्यस्तता लगायतका कारण पार्टी एकतामा बिलम्ब भएको मन्त्री कार्कीको भनाई थियो । उहाँले ६ महिना लम्बिएको एकता प्रकृया यो महिनाभित्र टुंगिने दाबी गर्नुभयो

वुवाआमा गुमाएका वालवालिकालाई आप्रवासीको सहयोग

टिवन राई/ हलेसीमंसिर–४, आमा बाबु दुबै गुमाएका धितुङका ७ बालबालिकालाई अर्को सहयोग प्राप्त भएको छ ।
Hamro Khotang

वुवाआमा गुमाएका वालवालिकालाई आप्रवासीको सहयोग

टिवन राई/ हलेसीमंसिर–४, आमा बाबु दुबै गुमाएका धितुङका ७ बालबालिकालाई अर्को सहयोग प्राप्त भएको छ । अमेरीका तथा यु.के. बस्ने नेपाली आप्रवासीहरुले स्वर्गीय चन्द्रकिरात र टलकुमारी राई परिवार सहयोग समिति मार्पmत सोमवार ५९ हजार सहयोग प्रदान गरेका हुन् ।  बराहा नगरपालिका ३ सुनसरीका मिलन राई, केपीलासगढी गाउपालिका–५ खोटाङका सरणभक्त खालिङ र माप्य दुधकोशी गाँउपालिका १ शोलुखुम्बुका मकर बहादुर खालिङले सहयोग दिएको स्वर्गीय परीवार सहयोग समितिका कोषाध्यक्ष गणेश कार्कीले बताउनु भयो । उहाँका अनुसार हलेसी तुवाचुङ नगरपालिका ७ गैरीगुठका शदेस राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ बाम्राङका कृष्ण प्रसाद चाम्लिङ र लिखुपिके गाँउपालिका–१ शोलुखुम्बुका आङबाबु शेर्पा गरी जम्मा ६ जनाले एकमुष्ट ५९ हजार सहयोग गरेको हो । हलेसी स्थीत होटल हलेसी भिलेजमा एक कार्यक्रमको आयोजना गरी आप्रवासीहरुको प्रतिनिधी उषा राईले ७ बालबालिका मध्येका जेष्ठ बुङातुङ राईलाई नगद हस्तान्तरण गर्नु भएको थियो । उषा, शदेसका श्रीमती हुन् । विभिन्न सञ्चार माध्यमबाट ७ बालबालिकाको भिडीयो तथा समाचार सुनेपछि आप्रवासीहरुले सहयोग गरेको उषा राईले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले दिएको २० हजार पनि हस्तान्तरण गरीएको सहयोग समितिका संयोजक खडेन्द्र राईले बताउनु भयो । उहाका अनुसार सहयोग समितिमा केही समय अगाडी जम्मा भएको रकमलाई आज हस्तान्तरण गरीएको हो । उपचारको क्रममा २०७३ भाद्र १९ गते आमा टलकुमारी राईको जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको थियो भने गत श्रावण १८ गते करेन्ट लागी चन्द्र किरातको मृत्यु भएसँगै ७ बालबालिका आमा बाबु बिहिन बनेका थिए । 

अग्नी पिडितलाई सामाजिक गुठीको राहत

खोटाङ, मंसिर ३– खोटाङको दिक्तेलमा लागेको भीषण आगलागीबाट पिडित स्थानीयलाई थप राहत प्रदान गरिएको छ
Hamro Khotang

अग्नी पिडितलाई सामाजिक गुठीको राहत

खोटाङ, मंसिर ३– खोटाङको दिक्तेलमा लागेको भीषण आगलागीबाट पिडित स्थानीयलाई थप राहत प्रदान गरिएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडितलाई दिक्तेलबजार सामाजिक गुठीको अगुवाईमा संकलन गरिएको २ लाख ४२ हजार ५ सय राहत पिडितलाई क्षतीको मात्राका आधारमा पिडितलाई प्रदान गरिएको हो । सोमबार सामुदायीक सेवा केन्द्रको रत्नपार्कस्थित कार्यालयमा आयोजित कार्यक्रममा पूर्ण क्षती बेहोरेका अग्नी पिडित कृष्णकुमार श्रेष्ठलाई ८० हजार २५ रुपैयाँ, पूर्ण क्षती भएका अम्बीका बुढाथोकीलाई ६५ हजार ४७५ रुपैयाँ, बुढाथोकीको घरमा कपडा पशल र होटल गर्दैआएका रमेश खत्रीलाई ५३ हजार ३५०, पशल क्षती भएकामा कृष्णकुमारकी श्रीमती भावनादेबी श्रेष्ठलाई ४३ हजार ६५० रुपैयाँ प्रदान गरिएको छ । यस्तै, आगो फैलिन नदिनका लागि डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा क्षती पुगेका रबिध्वज राई, राजु श्रेष्ठ र नबिन गुरुङलाई प्रतिपरिवार १३ हजारका दरले राहत प्रदान गरिएको छ । बुढाथोकी घरमा डेरा गरी बसिरहेका सोही घरमा डेरा गरी बस्ने शिक्षक अब्दुल राईनलाई ६ हजार ५१ रुपैयाँ प्रदान गरिएको दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन शैंजूले बताउनुभयो । यसैबीच, दिक्तेलमा भएको आगलागीमा जनधन जोगाउनका लागि महत्वपूर्ण भूमीका निर्वाह गरेकामा रत्नपार्कका व्यवसायी राजु श्रेष्ठ, नेपाली सेनाका पुण्या खत्री, नेपाल प्रहरीका कैलास लिम्बू र बन डिभिजन कार्यालयका अर्जन खत्रीलाई सम्मान गरिएको छ । 

भिषण आगलागीको ‘हिरो’लाई ‘विबेकशिल नागरिक सम्मान’

खोटाङ, मंसिर–३,  खोटाङस्थित दिक्तेलवजारमा भएको भिषण आगलागीवाट जनधन जोगाउन महत्वपूर्ण भूमिका नि
Hamro Khotang

भिषण आगलागीको ‘हिरो’लाई ‘विबेकशिल नागरिक सम्मान’

खोटाङ, मंसिर–३,  खोटाङस्थित दिक्तेलवजारमा भएको भिषण आगलागीवाट जनधन जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवसायी राजु श्रेष्ठलाई ‘विबेकशिल नागरिक सम्मान’ गरिएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे वजारै सखाप हुने गरी रत्नपार्कमा भएको भिषण आगलागीबाट जनधन जोगाउन विना पर्वाह खटिने व्यवसायी राजु श्रेष्ठलाई लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले उक्त सम्मान गरेको हो ।आगलागी भएको थाहा पाए लगत्तै रातका समयमा दिक्तेलबजारका घरघरमा पुगेर ढोका ढकढकाउँदै ब्युँझाउनका साथै आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठलाई ११ हजार नगद सहित ‘विबेकशिल नागरिक सम्मान’ प्रदान गरेको हो । आगलागीवाट मानवीय तथा भौतिक क्षति जोगाउन भूमिका निर्वाह गर्ने श्रेष्ठलाई ‘हिरो’को उपमा दिँदै नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईको हातबाट नगद हस्तान्तरण गरिएको हो । श्रेष्ठलाई सहकारीको साधारणसभामा खदा तथा विशेष सम्मान–पत्रले सम्मान गर्ने सहकारीको अध्यक्ष अनिल जोशीले वताउनुभयो । दिक्तेलवजारको पूरानो वैंकचोकस्थित सहकारीको कार्यालयमा उक्त सम्मान प्रदान गरिएको हो ।  १ लाख रुपैंयाँ राशीको सम्मान अक्षय कोषबाट श्रेष्ठलाई सम्मान गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उक्त सम्मान वार्षिक रुपमा सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउने एक जनालाई प्रदान गरिने संस्थाले जनाएको छ ।अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोका कारण बुढाथोकी र कृष्णकुमार राईकोे घर पूर्ण र अन्य तीन घरमा आंशिक क्षति पुगेको थियो । आगालागीबाट तीन करोडको क्षति भएको अनुमान गरिएको छ । समयमै गुहार नपुगेको भए वजारमा विशाल क्षति पुग्ने अनुमान गरिएको छ ।यस्तै, लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले दिक्तेलका अग्नी पीडितलाई आर्थिक सहयोग गरेको छ । लालुपातेले भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ र अग्नी पीडित अम्बिका बुढाथोकीको घरमा कपडा पसल र होटल गर्दैआएका अग्नी पिडित रमेश खत्रीलाई आर्थिक सहयोग गरेको हो । सहकारीले आफ्ना शेयर सदस्य रहेका श्रेष्ठ र खत्रीलाई जनही ११ हजारका दरले सहानुभुती स्वरुप सहयोग प्रदान गरेको हो । २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीको बार्षिकोत्सवको अवशरमा श्रेष्ठलाई लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष हरिहर श्रेष्ठले अग्नी पिडित श्रेष्ठलाई तथा लेखा समिति सदस्य रमा शाक्यले अग्नी पीडित खत्रीलाई राहत प्रदान गरेका हुन् । अग्नी पिडितलाई सहकारीले स्थापना गरेको विपद व्यवस्थापन कोषबाट राहत प्रदान गरिएको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष जोशीको भनाई छ । 

समाजशास्त्रका विद्यार्थी समेत रहेका नासु खड्कालाई श्रद्धाञ्जली

खोटाङ मंसिर–२,  एम.ए. सेमेष्टारको विद्यार्थी समेत रहनुभएको लोकसेवा आयोग कार्यालय खोटाङमा कार्य
Hamro Khotang

समाजशास्त्रका विद्यार्थी समेत रहेका नासु खड्कालाई श्रद्धाञ्जली

खोटाङ मंसिर–२,  एम.ए. सेमेष्टारको विद्यार्थी समेत रहनुभएको लोकसेवा आयोग कार्यालय खोटाङमा कार्यरत नासु शम्भुुकुमार खड्काको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ । दिक्तेल वहुमुखी क्याम्पस खोटाङमा मानबिकी तथा सामाजिक शास्त्र संकायतर्फ एम.ए. समाजशास्त्र दोश्रो सेमेष्टरका बिद्यार्थी रहेका खड्काको निधनमा क्याम्पसले आईतबार बिहान श्रद्धाञ्जली सभा गरेको हो । मुटुमा समस्या देखिएपछि काठमाण्डौंको केएमसी अस्पतालमा पु¥याईएका खड्काको उपचारको क्रममा कात्तिक ३० गते राती निधन भएको आफन्तले बताएका छन् । खड्काको निधनमा क्याम्पस प्रमुख हिराकुमार राई, प्राध्यपक रामप्रसाद राई लगायतले दुःख व्यक्त गरेका छन् । क्याम्पसका प्राध्यापक तथा बिद्यार्थीले खड्काको तस्बिरमा अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । ईमान्दार, मिलनसार तथा मेहनती खड्काको आकस्मिक निधनप्रति सहपाठीहरुले समेत दुःख व्यक्त गरेका छन् । २०४० साल बैसाख १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–१५ बिजयखर्क मालामा जन्मनुभएको नासु खड्का ईमान्दार राष्ट्र सेवकका रुपमा पुरस्कृत कर्मचारी हुन् । खड्काको २ छोरी र १ छोरा छन् । 

आन्तरिकमध्ये जिल्लाकै पहिलो कालोपत्रे सडकको शिलन्यास

खोटाङ मंसिर–२,  खोटाङको आन्तरिक सडकहरुमध्ये जिल्लामै पहिलो पटक कालोपत्रे हुन लागेको दिक्तेल–ख
Hamro Khotang

आन्तरिकमध्ये जिल्लाकै पहिलो कालोपत्रे सडकको शिलन्यास

खोटाङ मंसिर–२,  खोटाङको आन्तरिक सडकहरुमध्ये जिल्लामै पहिलो पटक कालोपत्रे हुन लागेको दिक्तेल–खानीडाँडा–आहाले सडक शिलान्यास गरिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजारको खर्चमा कालोपत्रे गरिने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको दिक्तेल–खानीडाँडा खण्ड कालोपत्रेको शिलान्यास गरिएको हो ।दिक्तेलको अस्पतालचोकमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले स्काभेटर चलाएर दिक्तेल–खानीडाँडा–आहाले १० दशमलव ७९ किलोमिटर कालोपत्रे सडक शिलान्यास गर्नुभएको हो । दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम आगामी १८ महिनाभित्र पूरा हुने राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो । जिल्लाका अन्य आन्तरिक सडकहरु कुनै पनि कालोपत्रे हुन सकेको छैन । नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसि, साईड ड्रेन, ग्राभेल सहित ६.२५ मिटर चौंडा हुने सडकको ३ दशमलव ७५ भागमा पिच गर्नेगरी याक्तुहाङ साप सिरुवा जेभीले सडक कालोपत्रेको ठेक्का लिएको छ । दिक्तेल नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने दिक्तेल–रेग्मीटार सडक दिक्तेल र उदयपुरको गाईघाट जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने दाबी गरिएको छ । कालोपत्रे गर्न लागिएको सडकको सर्भेका काम नेपाल सरकार र निर्माण कम्पनीको संयुक्त टोलीले गत असोज १५ गतेदेखि गरेको थियो । गत २०७५ साल असोज १ गते सम्झौता भएको सडकको कालोपत्रेका काम २०७६ साल चैत्र मसान्तसम्ममा पूरा गर्नुपर्ने राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयले जनाएको छ । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्रयाक खोलिए पनि बीचमा ट्रयाक जोडिन बाँकी छ । ट्रयाक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने आचार्यले बताउनुभयो । सडकले मनमायाँ राई खानीडाँडा बिमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट बिमानस्थल आवत–जावत गर्ने स्थानीय लाभान्बित हुने छन् । सडक शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई, राजन राई, पुर्वजिबिस सभापति बिष्णुकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी र स्थानीय तहवीच सहकार्य

खोटाङ मंसिर–१, जिल्ला प्रहरी कार्यालय खोटाङले बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घटना न
Hamro Khotang

प्रहरी र स्थानीय तहवीच सहकार्य

खोटाङ मंसिर–१, जिल्ला प्रहरी कार्यालय खोटाङले बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घटना न्यूनिकरणका लागि स्थानीय तहसँग सहकार्य सुरु गरेको छ ।  ‘समुदाय–प्रहरी साझेदारी अभियान’ कार्यक्रम अन्र्तगत आपराधिक घटना न्यूनिकरणका लागि प्रहरीले स्थानीय तहसँग तहसँग सम्झौता गरी  सहकार्य थालेको हो ।  जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकासँगको सहकार्यमा ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालन गर्नेगरी सम्झौताको काम थालेको हो । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि हालसम्म जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासँग समझदारीपत्रमा द्वि–पक्षीय हस्ताक्षर भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।आपराधिक गतिविधि न्यूनिकरण गर्दै सभ्य तथा शान्त समाज स्थापनाको लागि हालसम्म हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीचमा पनि समझदारी कायम भइसकेको छ । 

जिल्ला कारागारमा समस्यै–समस्या

खोटाङ  मंसिर–१, जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाईएको छ । खोटाङका जनप्रतिनिधिहरु प्रतिन
Hamro Khotang

जिल्ला कारागारमा समस्यै–समस्या

खोटाङ  मंसिर–१, जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाईएको छ । खोटाङका जनप्रतिनिधिहरु प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कारागार निरीक्षण गर्दा समस्यै–समस्या पाईएको वताएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र सुरक्षा निकायका प्रमुख सहित कारागार पुगेका जनप्रतिनिधिका अनुसार नयाँ कारागार निर्देशिका नबन्दा अवधि पुगेका कैदी कैदमुक्त हुन नपाएको, जेलमा आपसी सम्मान र मायाँको वाताबरण कम भएको लगायतको समस्याहरु कारागारमा पाईएको छ । शुक्रवार कारागार निरीक्षण गर्दा भान्छा कोठामा फर्निचरको व्यवस्था नभएको, सानो ट्यांकी भएकाले भरिएर पानी खेर जाँदा पानीको अभाव हुने गरेको, फोहोरमैला व्यवस्थापनको व्यवस्था नभएको पाईएको जनाईएको छ । कारागार भवनको पर्खाल चर्किएका कारण कैंदीबन्दीहरु जोखिमपूर्ण भवनमा बस्न बाध्य भएको देखिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो । कारागारको भौतिक अवस्था, कैंदीबन्दीको समस्या, सेवासुबिधा लगायतका बिषयमा जानकारी लिनका लागि जनप्रतिनिधिहरुले जिल्ला कारागार शाखाको निरीक्षण गरेका हुन् । टोलीले कारागारको भवन, कैंदीबन्दी बस्ने र सुत्ने कोठा, भान्छा कोठा, सुधारगृह पुस्तकालय, कैंदीबन्दीले अपनाउँदै आएको ढाकाको टोपी बुन्ने, मुडा बनाउने र बाँसका सामान निर्माण सम्बन्धी पेशा लगायतको अवलोकन गरेको छ ।जनप्रतिनिधिले कारागारमा बसिरहेका कैंदीबन्दीका सामुहिक र व्यक्तीगत समस्याका बिषयमा जानकारी लिएका छन् । 

स्थानीय पुर्वाधार बिकासको बजेट सडक र पर्यटनमा

खोटाङ मंसिर–१,  खोटाङमा आएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक र पर्
Hamro Khotang

स्थानीय पुर्वाधार बिकासको बजेट सडक र पर्यटनमा

खोटाङ मंसिर–१,  खोटाङमा आएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक र पर्यटनको लागि बिनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको वजेट सडक स्तरोन्नती र पर्यटन प्रर्वद्दनमा विनियोजन गरेको हो ।संघीय संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको खोटाङमा ३ सयको हाराहारीमा माग भएका योजनामध्ये २० योजनालाई छनौट गरेर ४ करोड बजेट शुक्रवार बिनियोजन गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य भट्टराईले उक्त विनियोजित वजेट वारे जानकारी गराउनुयो ।प्रतिनिधिसभा सदस्य भट्टराईका अनुशार केपीलासगढी गाउँपालिकाको शुक्रबारे–पत्करु–मैयूँ सडकका लागि १५ लाख, सुंदेल–साल्पा पर्यटन सडकका लागि १५ लाख, ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडकका लागि ३० लाख, रावाबेँसी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख विनियोजन गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भाँडबेसी–हलेसी सडकका लागि ५० लाख, माल्खु–चुरीबन–शायखु–ताराखसे सडकका लागि १३ लाख बजेट बिनियोजन गरिएको छ । विनियोजित वजेट अन्तर्गत निर्माणाधिन टेम्के–कर्मदोर्जे गुम्बा निर्माण र सडक निर्माणका लागि एकमुष्ट २० लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा–काहुले–स्यालगौंडे–छितापोखरी सडक स्तरोन्नतीका लागि २० लाख, छिप्तीबेँसी टोल–दिखुवा सडकका लागि १७ लाख र मनमायाँ राई खानीडाँडा बिमानस्थल–भुलभुले–ढकालबेँसी सडकका लागि २० लाख परेको छ । काहुले–चिउरीडाँडा–लामदुवाली सडक स्तरोन्नतीका लागि २० लाख,जन्तेढुंगा गाउँपालिकाको चुम्लुङ–खाप्तिङ–रेभुवा सडकका लागि २० लाख, बराहपोखरी गाउँपालिकाको रुम्दु–फोक्सिङटार सडक (बराहपोखरी)का लागि १० लाख र सुन्तले–साकुमा–सडक (सुन्तले)का लागि १० लाख बजेट बिनियोजन गरिएको भट्टराईले बताउनुभयो । खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी पर्यटन क्षेत्र बिकासका लागि २० लाख, साकेला गाउँपालिकाको साकेला माबि रतन्छामा कृषि बाली बिज्ञान भवन निर्माणका लागि ५० लाख, छोरम्बुमा कोल्डस्टोर निर्माणका लागि १० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी प्राविधिक शिक्षालयको भवन पुर्वाधार निर्माणका लागि २० लाख वजेट विनियोजित भएको छ । यस्तै, पुरानो बैंकचोक–पोखरी सिँढि निर्माणका लागि १० लाख र गारेखोला खानेपानी आयोजना लिच्कीराम्चेका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।प्रतिनिधिसभा सदस्य भट्टराई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ र जिल्ला समन्वय अधिकारी शरद पोखरेल सम्मिलित निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन गरेको हो । तर प्रतिनिधिसभा सदस्य हिरा गुरुङ कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा एक नम्वर प्रदेशका सभाषदद्वय राजन राई र रामकुमार राई(पासाङ) लगायतको उपस्थिती थियो । 

स्वर्गीय नेताको परिवारलाई नेकपाको सहयोग

खोटाङ कात्तिक–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्व
Hamro Khotang

स्वर्गीय नेताको परिवारलाई नेकपाको सहयोग

खोटाङ कात्तिक–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्वर्गीय बालकृष्ण आचार्यको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी खोटाङले आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन भएका आचार्यको परिवारको आर्थिक अवस्था कमजोर भएकोले नेकपाले ५१ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो । मृतकको किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहनुभएको नेकपा नेता बबी चाम्लिङले बताउनुभयो । नेकपाले बिहिबार आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो । सहयोग रकम जिसस प्रमुख तथा नेकपा खोटाङको नेता चाम्लिङले मृतकका आफन्त गोपालचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै, नेपाल निजामती कर्मचारी संगठनले पनि मृतक आचार्य परिवारलाई ५ हजार अस्तान्तरण गरेका छन् । २०१७ साल मंसिर १३ गते जन्मिएका आचार्यको ५८ वर्षको उमेरमा निधन भएको हो । मृतक आचार्य एमालेका जिल्ला प्रतिनिधि परिषद् सदस्य रहनुभएको थियो । सहयोग रकम हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, उषाकला राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, समिता कार्की लगायतका नेता तथा कार्यकर्ता आचार्यको घरमा पुगेका थिए । 

हाम्रोखोटाङ डटकमकार्यकारी सम्पादक रामधन पुरस्कृत

कात्तिक–२८ खोटाङ । हाम्रोखोटाङ डटकमका कार्यकारी सम्पादक रामधन राई पुरस्कृत भएका छन् । पत्रकारित
Hamro Khotang

हाम्रोखोटाङ डटकमकार्यकारी सम्पादक रामधन पुरस्कृत

कात्तिक–२८ खोटाङ । हाम्रोखोटाङ डटकमका कार्यकारी सम्पादक रामधन राई पुरस्कृत भएका छन् । पत्रकारिताको क्षेत्रवाट उल्लेखनीय योगदान पु¥याएको भन्दै वालाजित वसन्लक्ष्मी राई स्मृति प्रतिष्ठानले राईलाई नगद १५ हजार रुपैंयाँ पुरस्कारसहित ताम्रापत्रबाट सम्मान गरेकाे हाे ।२०७२ सालमा स्थापित उक्त प्रतिष्ठानले मंगलवार पुरस्कार समर्पण समारोहको आयोजना गरी स्थानीय तथा राष्ट्रिय विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकार राईलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ खोटाङको उपाध्यक्ष रहेको राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङको अध्यक्ष, किरात राई पत्रकार संघको केन्द्रीय सदस्य लगायतमा समेत क्रियाशील रहेका छन् । प्रतिष्ठानले हरेक स्थापना दिवसको अवसरमा नेपाली कला, साहित्य, संस्कृति, पत्रकारिता, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा योगदान पु¥याउने जिल्लाका एक जनालाई उक्त पुरस्कार दिने गरेको अध्यक्ष ऋषिधन राईले बताउनुभयो ।पुर्खाको नाममा सोही स्थानको जितेन्द्र राई लगायतका सन्तानहरुले स्थापना गरेको पुरस्कारको गत वर्षको संस्करणमा कला–साहित्य विधावाट कवि चन्द्र रानोहँछालाई प्रदान गरेको थियो ।

हलेसीमा आगलागी हुँदा घर नष्ट

खोटाङ  कात्तिक–२८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर न
Hamro Khotang

हलेसीमा आगलागी हुँदा घर नष्ट

खोटाङ  कात्तिक–२८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको छ । मंगलबार राती भएको आगलागीमा परी घर जल्दा राईको पाँच लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ । रातको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका धन–सम्पति जोगाउन नसकिएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । अकस्मात घरको धुरीमा देखिएको आगलागी के कारण भएको भने कारण खुल्न सकेको छैन 

खोटाङमा सम्पन्न वृहत भलिवल प्रतियोगितामा साकेला गाउँपालिका मात्तिम प्रथम

खोटाङ कात्तिक–२८, खोटाङमास्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडा लामाखुमा सम्पन्न वृहत
Hamro Khotang

खोटाङमा सम्पन्न वृहत भलिवल प्रतियोगितामा साकेला गाउँपालिका मात्तिम प्रथम

खोटाङ कात्तिक–२८, खोटाङमास्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडा लामाखुमा सम्पन्न वृहत भलिवल प्रतियोगितामा साकेला गाउँपालिका–५ मात्तिम विजयी भएको छ । गत वर्षहरु जस्तै यो वर्षको दिपावलीमा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान ओगटेको मात्तिमले नगद ५० हजार रुपैंयाँसहित मेडल हात पारेका छन् । गत २५ गतेदेखि सुरु भएको तीन दिने कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दोर्पा स्पोर्ट क्लव दोर्पा दोश्रो तथा साकेला गाउँपालिका–१ वाँझेच्यान्डाडाँडाले तेश्रो स्थान हात पारेका छन् । दोश्रो र तेश्रो समुहले क्रमशः नगद ३० हजार र २० हजार रुपैंयाँको साथमा साथमा मेडल प्राप्त गरेका छन् । ११ समुह सहभागी वनेको प्रतियोगितामा दोर्पाका वलवहादुर भुजेल उत्कृष्ठ खेलाडी घोषित भएका छन् । नगरपालिका तथा गाउँपालिकाको वडा स्तरीय समुहलाई सहभागी गराईएको प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा वडाध्यक्ष हर्कराज राई लगायतका स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिती रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा राष्ट्रिय युवा कवि चन्द्र रानोहँछा लगायतका व्यक्तित्वहरुको समेत उपस्थिती रहेको वालाजित वशन्लक्ष्मी स्मृति प्रतिष्ठानको अध्यक्ष ऋषिधन राईले जनाउनुभयो । प्रतियोगिताको उद्घाटनमा विभिन्न नृत्य प्रस्तुति समेत गरिएको थियो । 

आगलागी पीडितलाई ३ लाख सहयोग

खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्
Hamro Khotang

आगलागी पीडितलाई ३ लाख सहयोग

खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्डै ३ लाख राहत रकम प्रदान गरेको छ ।आगलागी भएकै दिन १० हजार रुपैयाँ प्रदान गरेको संघले विपद व्यवस्थापन राहत कोषमार्फत २ लाख ९१ हजार सोमबार प्रदान गरेको हो ।संघले रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई भने ३ लाख १ हजार आर्थिक सहयोग प्रदान गरेको छ । उनी संघको साधारण सदस्य भएकाले उक्त रकम प्रदान गरेको संघले जनाएको छ । संघले आफ्नो सदस्यबाट ५ सयका दरले विपत कोषमा रकम जम्मा गर्ने गरेको छ ।यसैगरी, सिद्धलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रमेश खत्री र भावनादेवी श्रेष्ठलाई जनही ७ हजार ५ सयका दरले आर्थिक सहयोग प्रदान गरेको छ । २३ कात्तिकका दिन बिहान ३ बजे अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोका कारण श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र अन्य तीन घरमा आंशिक क्षति पुगेको थियो । आगालागीबाट तीन करोडको क्षति भएको अनुमान गरिएको छ ।

खोटाङमा भलिवल प्रतियोगिता लगायत वृहत कार्यक्रमको तयारी

खोटाङ कात्तिक–२०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडामा गत वर्षहरु जस्तै यो वर्
Hamro Khotang

खोटाङमा भलिवल प्रतियोगिता लगायत वृहत कार्यक्रमको तयारी

खोटाङ कात्तिक–२०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडामा गत वर्षहरु जस्तै यो वर्षको दिपावलीमा पनि वृहत कार्यक्रमका साथ भलिवल प्रतियोगिताको तयारी गरिएको छ । २०७२ सालमा स्थापित ‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विशेष कार्यक्रम यही कात्तिक–२५ गतेदेखि निर्मलीडाँडामा सुरु गर्ने तयारी गरिएको हो । ‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विविध कार्यक्रमहरुमध्ये भलिवल प्रतियोगितामा भने गत वर्षदेखि ‘मन्दत मनरानी स्मृति प्रतिष्ठानले समेत सहकार्य तथा साझेदारी गर्दै आएका छन् । नगरपालिका तथा गाउँपालिकाको वडा स्तरीय समुहलाई सहभागी गराईने भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार १ सय ५१ रुपैंयाँ रहेको छ । यस्तै, दोस्रो समुहलाई ३० हजार १ सय ५१ र तेस्रो समुहको लागि २० हजार १ सय ५१ रुपैंयाँ नगद पुरस्कार तोकिएको छ । विजेता तीनै समुहलाई ट्रफी, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको लागि समेत पुरस्कारको व्यवस्था गरिएको वताईएको छ । वडाध्यक्ष हर्कराज राई लगायतका स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितीमा भव्य समारोहकावीच कार्यक्रमको उद्घाटन तथा समापन गरिने तयारी गरिएको आयोजकले जनाएका छन् । वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कारको दोस्रो संस्करण पत्रकारलाई वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कारको दोस्रो संस्करण अर्थात यो वर्षको पुरस्कार जिल्लाका पत्रकारलाई प्रदान गर्ने टुंगो गरिएको छ । जिल्लामा जन्मिएर कला–साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई छनौट गरी वार्षिक एक जनालाई नगद १५ हजार रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत गर्ने गरिएको छ । पहिलो संस्करणको पुरस्कार गत वर्ष कला–साहित्य विधावाट चन्द्र रानोहँछालाई प्रदान गरिएकोमा यो वर्ष भने  पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने जिल्लाकै एक पत्रकारलाई पुरस्कृत गर्ने टुंगो लगाईएको पुरस्कार संस्थापन पक्षले जनाएको छ ।भलिवल प्रतियोगिता लगायतका कार्यक्रम समापन समारोह अर्थात कात्तिक–२७ गतेका दिन नै स्मृति पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ । कार्यक्रममा कवि तथा साहित्यकार चन्द्र रानोहँछा लगायतका श्रष्टा–सर्जक तथा कलाकारहरुको समेत उपस्थिती रहने वताईएको छ । प्रतिष्ठानका अध्यक्ष ऋषिधन राई, पुरस्कार संस्थापक संरक्षक जितेन्द्र राई लगायतका समाजसेवीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएका छन् ।

दशैं–तिहारसँगै सबै ग्रामिण सडक सञ्चालनमा

खोटाङ कात्तिक–२०,  दशैं–तिहार आए लगत्तै खोटाङको सवै ग्रामिण सडकहरु सञ्चालनमा आएका छन् । वर्षाक
Hamro Khotang

दशैं–तिहारसँगै सबै ग्रामिण सडक सञ्चालनमा

खोटाङ कात्तिक–२०,  दशैं–तिहार आए लगत्तै खोटाङको सवै ग्रामिण सडकहरु सञ्चालनमा आएका छन् । वर्षाका कारण गत जेठबाट नै अवरुद्ध वनेका जिल्लाका ग्रामिण सडक दशैं–तिहार अर्थात  हिउँद लागेसँगै मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । हाल जिल्लाका सबै स्थानीय तहमा सहज रुपमा यातायात सञ्चालनमा आएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । जिल्लाका दश वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरेको सडक मर्मत गरेपछि यातायात सञ्चालनमा ल्याइएको यातायात व्यवसायीले जनाएको छ । जिल्लामा निर्माण गरिएको दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–जालपा, दिक्तेल–चखेवा, दिक्तेल–मात्तिम, दिक्तेल–फोक्सिङटार, दिक्तेल–पञ्चमी लगायतका ठाउँमा यातायात सञ्चालन गरिएको छ । यातायात सञ्चालन भएपछि दशैं, तिहार तथा छट मनाउन घर आउने–जाने यात्रुलाई सहज भएको छ । ग्रामिण सडक सञ्चालनमा आएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पछिल्लो समय दैनिक उपभोग्यवस्तु किनमेल गर्ने उपभोक्ताको चाप बढेको व्यापारीहरुले बताएका छन् । आफ्नो घर छेउमा निर्माण गरिएको सडक सञ्चालनमा आएपछि गाडी चढेर दिक्तेलबजारमा किनमेल गरेर पुनः बेलुका घरमै पुग्न सकिएको यात्रुहरुले बताएका छन् । कतिपय गाउँमा बसोबास गर्ने सरकारी कर्मचारी समेत घरबाट आएर कार्यालयको काम गरेर पुनः घरमै पुग्ने गरेका छन् । कच्ची अवस्थामा रहेको दर्जन बढी सडकमा गाडी गुड्न थालेपछि गाउँगाउँमा उत्पादन भएको कृषि उपजले पनि बजार पाएको छ । यसअघि गाउँगाउँमा उत्पादित कृषि उपज यातायात अभावमा गाउँमै कुहिएर नष्ट हुने गरेको थियो । 

खोटाङमा जीप दुर्घटना हुँदा ६ घाईंते, तीन गम्भिर

खोटाङ  कात्तिक–२०, खोटाङस्थित रावावेंसी गाउँपालिका–५ दुवेकोलमा जीप दुर्घटना हुँदा ६ जना घाईंत
Hamro Khotang

खोटाङमा जीप दुर्घटना हुँदा ६ घाईंते, तीन गम्भिर

खोटाङ  कात्तिक–२०, खोटाङस्थित रावावेंसी गाउँपालिका–५ दुवेकोलमा जीप दुर्घटना हुँदा ६ जना घाईंते वनेका छन् । काठमाण्डौंदेखि जिल्लाको ऐसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्कवजारतर्फ जाँदै गरेको  ना १ ज ५६२७ नम्वरको जीप गए राति करिव १० वजे सडकवाट खस्दा चालक सहित ६ जना घाईंते वनेका हुन् । घाईंतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको रावावेंसी गाउँपालिकाका प्रमुख लीलानाथ निरौलाले वताउनुभयो ।गम्भिर घाईंते हुनेमा ऐसेलुखर्क गाउँपालिका–६ नेपानेका हर्कवहादुर भट्टराई, ऐसेलुखर्क गाउँपालिका–२ वादेलका का २८ वर्षिय जर्मन भुजेल र उनकी श्रीमति २७ वर्षिया सरिता भुजेल रहेका छन् । गम्भिरमध्ये सरिताको अवस्था चिन्ताजनक देखिएको स्थानीय जनतिनिधिले जनाएका छन् । तीन जना गम्भिर र सामान्य घाईंते वनेका मोरङ पथरीका चालक लछुमान माझीलाई उपचारका लागि धरानको घोपा क्याम्प पठाईएको गाउँपालिकाको प्रमुख निरौलाले जानकारी दिनुभयो । सामान्य घाईंते वनेका सुनसरी तरहरा–१९ की खेमकुमारी वस्नेत र सोलुखुम्वु जुवुका सुदिप गुरुङको भने ऐसेलुखर्क स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । काठमाण्डौंवाट तीन वटा जीप अघिपछि सँगै गुडिरहेको अवस्थामा दुर्घटना भएको पाईएको जनाईएको छ । रातीको समयमा नजिक–नजिक दुरीमा गाडी गुडाईरहँदा अगाडीको जीपले उडाएको धुलोको कारण वाटो नदेख्दा घुम्तीवाट पछाडीको जीप खसेको पाईएको स्थानीयले जनाएका छन् । धुले सडकको भित्तापट्टी ठूलो ढुंगा भएकोले पनि दुर्घटना भएको अनुमान गरिएको छ ।रातीको घटना भएको कारण ढिला गरी खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि ऐसेलुखर्कवाट प्रहरी खटाईएको छ । 

नगरपालिकाभित्र सडक र विद्युतको माग

खोटाङ कात्तिक–१९, खोटाङकात्तिक–१९, खोटाङ खार्मीका स्थानीय नगरपालिकाभित्रै रहेर पनि सडक, विजुल
Hamro Khotang

नगरपालिकाभित्र सडक र विद्युतको माग

खोटाङ कात्तिक–१९, खोटाङकात्तिक–१९, खोटाङ खार्मीका स्थानीय नगरपालिकाभित्रै रहेर पनि सडक, विजुली लगायतका विकासका पूर्वाधारवाट वञ्चित हुनु परेको भन्दै जनप्रतिनिधिसँग उक्त सेवाको माग गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने खार्मीवासीले सडक, विद्युत, खानेपानी लगायतको पहुँच प्राप्त गर्न नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल वडाले प्रदेश सदस्य राजन राई र मेयर दिपनारायण रिजाल समक्ष संयुक्त रुपमा उक्त माग गरेको हो ।सत्तारुढ दलले संयुक्त रुपमा खार्मीमा आयोजना गरेको दिपावली शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि राजन राईलाई ज्ञापनपत्र वुझाउँदै खार्मीका सवै टोलमा केन्द्रीय विद्युत विस्तार, दिक्तेल–तालखर्क–वाक्सिला सडक स्तरोन्नती लगायतको पहल गरिदिन अनुरोध गरिएको छ । नेकपाको हर्कराज राई र ससफोको पर्शुराम राईले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा जिल्लाका प्राय : सवै पालिका र वडाहरुमा सडक, विजुली, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा सुधार भईरहे पनि खार्मीका स्थानीय उक्त सेवाहरुवाट वञ्चित हुनु परेको उल्लेख छ । ज्ञापनपत्रमा हुर्लुङ–तालखर्क–पाथेका–फेदी हुँदै भोजपुर जोड्ने सडक निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, सवै टोलमा एक घर एक धारा खानेपानी, देखुमी खोला ओडारपाखा सिंचाई लगायतको माग गरिएको छ । यस्तै, खुदुखोला–निभारे–रुधालुङ सिंचाई, भ्लङ्कु दुमासुङ सिंचाई, कक्षा १२ सम्मको माध्यमिक तह सञ्चालन र शिक्षामा गुणस्तर ल्याउने पहल गर्नको लागि माग गरिएको जनाईएको छ ।आईतवार सम्पन्न कार्यक्रममा वोल्दै स्थानीयको मागलाई सम्वोधन हुने गरी खार्मीको विकासका लागि पहल गर्ने प्रमुख अतिथि, विशेष अतिथि लगायतले प्रतिवद्दता जनाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लिङ, मेयर दिपनारायण रिजाल, तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रामप्रसाद दंगाल, नेता हरी पोखरेल लगायतको उपस्थिती रहेको थियो । यस्तै, संङ्घीय समाजवादी फोरम नेपालको जिल्ला सचिवालय सदस्य देवकुमार राई, सङ्घीय समाजवादी युवा फोरमको जिल्ला अध्यक्ष दिपक तामाङ लगायतको उपस्थिती रहेको थियो । 

जलाईएको विद्यालयलाई ७ लाख वरावरको शैक्षिक सामाग्री

खोटाङ कात्तिक–१९, अज्ञात व्यक्तिले गरेको आगजनीका कारण सम्पूर्ण भौतिक सम्पत्ती गुमाएको खोटाङ जाल
Hamro Khotang

जलाईएको विद्यालयलाई ७ लाख वरावरको शैक्षिक सामाग्री

खोटाङ कात्तिक–१९, अज्ञात व्यक्तिले गरेको आगजनीका कारण सम्पूर्ण भौतिक सम्पत्ती गुमाएको खोटाङ जालपाको ज्योती माबिलाई ७ लाख बराबरको शैक्षिक सामग्री प्राप्त भएको छ । २०७४ साल जेठ १५ गते अज्ञात व्यक्तीले लगाएको आगोले २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त हुँदा ६५ लाख बढिको क्षती व्यहोरेको बिद्यालयलाई रोटरी क्लव अफ जर्मनीले पुस्तक, लाइब्रेरी सफ्टवेर, दूरबीन लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । आगलागीमा ध्वस्त वनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित नमूना बिद्यालयलाई पूनः पहिलेकै अवस्थामा ल्याउनका लागि रोटरी क्लव अफ जर्मनीले फ्रेण्डस अफ नेचर नामक संस्थामार्फत शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईलाई जालपामा आईतबार बिहान आयोजित कार्यक्रममा फ्रेण्डस अफ नेचरका निर्देशक राजु आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । २०६४ सालदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको ज्योती माबिलाई रोटरी क्लव अफ जर्मनीले कला, साहित्य, राजनिती, बिज्ञान, बाताबरण, शिक्षा लगायतका बिद्याका २ हजार थान पुस्तक, ई–लाइब्रेरी सञ्चालनका लागि दुई वटा सफ्टवेर, दुई थान लाईब्रेरी ब्याग, दुई थान दुरबीन, दुई थान पृथ्बीको ग्लोब, शैक्षिक चार्ट लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । 

खोटाङमा मनलाग्दी बस भाडा, भाडादर नहुँदा यात्रु मारमा

खोटाङ जिल्लामा मनलाग्दी बस भाडा असुल्ने गरेको पाइएको छ । बस व्यवसायीले सबै ठाउँको बस भाडा पारदर्श
Hamro Khotang

खोटाङमा मनलाग्दी बस भाडा, भाडादर नहुँदा यात्रु मारमा

खोटाङ जिल्लामा मनलाग्दी बस भाडा असुल्ने गरेको पाइएको छ । बस व्यवसायीले सबै ठाउँको बस भाडा पारदर्शी नबनाउँदा यात्रु मारमा परेको समेत भेटिएको छ ।दिक्तेलबाट निर्मलीडाँडाको पेलुङसम्म पुग्नका लागि ३ सय लिने गरेका छन् । तर बिच बिचमा ओर्लने यात्रुका लागि कुन ठाउँमा कति भाडा भन्ने नखुलाउँदा यात्रुसँग मनलाग्दी भाडा असुल्ने गरेको पाइएको हो । दिक्तेलबाट थोरै दुरीमा ओर्लदा समेत १८० रुपैयाँ समेत भाडा लिएको पाइएको हो ।दिक्तेलबाट अन्य ठाउँमा जाने बसहरुमा पनि सोही समस्या रहेको पाइएको छ ।राजधानी उपत्यका लगायतमा ठाउँ ठाउँको भाडादर बसमा नै टास्ने गरेको हुन्छ । जिल्लामा भने यस्तो भाडादर नै टास्ने नगर्दा यात्रु मर्कामा परेका हुन् ।प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्रराज पौडेलले सबै ठाउँको सबै भाडा पारदर्शी हुनुपर्ने बताए । कुन ठाउँको भाडा कति हो भनेर गाडीमा नै टाँस्न पर्दछ, म यो विषयमा चाँडै कुरा गर्छु, भाडादर सबैले थाहा पाउनुपर्दछ । उनले हाम्रोखोटांगसँग भने ।पर्वका बसको छतमा पनि कोचाकोच यात्रुबस व्यवसायीले दशैं तिहार लगायत पर्वमा बसको छतमा पनि कोचाकोच यात्रु चढाएको पाइएको छ । कच्ची बाटोमा यात्रुको ज्यान नै खतरामा हुने गरी छतमा यात्रु चढाएको पाइएको हो । सिडिओ पौडेल भने छतमा यात्रु चढाए कारबाही हुने बताउँछन् । तर, प्रशासनले अनुगमन गर्ने गरेको पाइएको छैन ।

जिल्ला प्रशासनमा सेवाग्राहीको भीड

खोटाङ कात्तिक–१३, दशैं सकिए लगत्तैदेखि खोटाङ जिल्ला प्रशासनमा सेवाग्राहीको भीड लाग्दै आएको छ । द
Hamro Khotang

जिल्ला प्रशासनमा सेवाग्राहीको भीड

खोटाङ कात्तिक–१३, दशैं सकिए लगत्तैदेखि खोटाङ जिल्ला प्रशासनमा सेवाग्राहीको भीड लाग्दै आएको छ । दशैंको विदादेखि प्रशासन खुले लगत्तै नागरिकता वनाउने, राहदानीको सिफारिस लिने लगायतका सेवा लिन दैनिक डेढ सय वढी नागरिक जिल्ला प्रशासनमा आउने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले वताउनुभयो । दशैं तथा तिहार मनाउन घर फर्केको मौकामा प्रशासनिक कागजातको काम गर्ने सेवाग्राही जिल्ला प्रशासनमा जाने गर्दछन् । यसवीचमा सवैभन्दा वढी दैनिक सरदर एक सय जना सेवाग्राहीले नागरिकता वनाउने गरेको प्रजिअ पौडेलले जनाउनुभयो । यस्तै, ३५ देखि ४५ जना सेवाग्राही राहदानीको सिफारिस लिन प्रशासनमा आउने गरेका छन् । प्रशासनमा नयाँ नागरिकता वनाउने, हराएको प्रतिलिपि लिने, सच्याउने जस्ता कार्यको लागि सेवाग्राहीको घुईंचो लागेको भेटिन्छ । दशैं तिहारको वीचमा नागरिकता र राहदानी वाहेक अन्य प्रशासनिक कागजातको लागि आउने सेवाग्राही पनि वढेका छन् ।  सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी केही समय अघि सरुवा भएर गएपछि उक्त स्थान खाली भएकाले कामको चाप वढी भएको प्रमुख जिल्ला अधिकारीले वताउनुभयो । सेवाग्राहीको भीड वढेपछि हाल ईलाका प्रशासन कार्यालय ऐसेलुखर्कवाट समेत कर्मचारी झिकाई नागरिकको कार्य सम्पादन गरिरहेको उहाँको भनाई छ । जिल्ला प्रशासनमा जस्तै ईलाका प्रशासन कार्यालय खोटाङवजार र ऐसेलुखर्कमा पनि सेवाग्राहीको भीड लागेको जनाईएको छ । प्रशासन वाहेक जिल्लास्थित मालपोत, नापी लगायतको अन्य सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप वढेको पाईएको छ ।

नगरपालिकाको ४४ प्रतिशत घरधुरी केन्द्रीय विद्युत सेवावाट वञ्चित

खोटाङ कात्तिक–११, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्
Hamro Khotang

नगरपालिकाको ४४ प्रतिशत घरधुरी केन्द्रीय विद्युत सेवावाट वञ्चित

खोटाङ कात्तिक–११, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत प्रशारण लाइन उपभोगवाट वञ्चित रहेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका ५६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत उपभोग गर्न पाएका छन् ।  नगरपालिकाभित्र २१ प्रतिशत घरधुरीले मट्टीतेलको टुकी, सात प्रतिशतले सोलार, एक प्रतिशतले वायोग्याँस र १५ प्रतिशतले स्थानीय लघुजलविद्युतको उज्यालो प्रयोग गरिरहेका छन् ।  केन्द्रीय प्रशारण लाईन विस्तार नहुँदा सूचना, सञ्चार तथा प्रविधिको प्रयोगवाट समेत वञ्चित हुनु परेको स्थानीय वताउँछन् ।पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ९, १०, ११ र १२ मा अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन । अन्य वडाहरुमा समेत सतप्रतिशत केन्द्रीय विद्युत विस्तार हुन सकेको छैन ।  स्थानीय लघु जलविद्युत प्रशारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । सम्वन्धित निकायले ध्यान नदिएकै कारण जिल्लामा केन्द्रीय विद्युत विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत सेवा नपुगेको स्थानीयको गुनासो छ । विद्युत विस्तार भएका क्षेत्रमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् । आगामी दुई वर्ष्भित्र सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडि बढेको नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो ।

खोटाङमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक सुरुवात

खोटाङ  कात्तिक–११, खोटाङमा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिए
Hamro Khotang

खोटाङमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक सुरुवात

खोटाङ  कात्तिक–११, खोटाङमा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिएको छ ।  हर प्रहर गाँउ नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम आइतबारदेखी औपचारिक रुपमा सुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलवजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको विशेष कार्यक्रममा गोमा खत्रीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । गृह मन्त्रालयको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रहरीले पनि हरेक स्थानीय तहसँग सहकार्य गर्दै अभियान सञ्चालन गर्ने बताएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम हरेक पालिकाहरु, वडाहरु, टोल तथा बिभिन्न बिद्यालय स्तर सम्म पुग्ने वताईएको छ । समाजका हरेक व्यक्तिको साथी प्रहरी नै हुनुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले वताउनुभयो । अधिकांश घटनाहरु लुकेर रहेको हुँदा प्रहरीको अपराध अनुसन्धानमा स्थानीयको सहयोग हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । यसैवीच, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख इवन राई र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीवीच समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सम्झौता गरिएको छ । सम्झौतापछि वोल्दै मेयर राईले कार्यक्रम प्रभावकारी वनाउन नगरपालिकाले कुनै कसर वाँकी नराख्ने प्रतिवद्दता जनाउनुभएको छ ।नेपाल प्रहरीले जनतासँग सहकार्य गर्नका लागी धेरै अभियानहरु संचालन गरेको छ । मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी लगाएतका अभियानसँगै यस पटक सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले पनि सार्थकता पाउनेमा स्थानीयको बिश्वास छ ।

खोटाङमा सुमो पल्टियो, यात्रु सकुशल

खोटाङ कात्तिक–१०, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो प
Hamro Khotang

खोटाङमा सुमो पल्टियो, यात्रु सकुशल

खोटाङ कात्तिक–१०, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ । आज शनिवार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो ।दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।

भेडा चोरी मुद्धामा कारागार चलान

खोटाङ कात्तिक– १०, खोटाङमा भेडा चोरी गरेको मुद्धाका दोषीलाई कारागार चलान गरिएको छ । भेडा चोरी गरे
Hamro Khotang

भेडा चोरी मुद्धामा कारागार चलान

खोटाङ कात्तिक– १०, खोटाङमा भेडा चोरी गरेको मुद्धाका दोषीलाई कारागार चलान गरिएको छ । भेडा चोरी गरेको मुद्धामा दोषी ठहरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १८ वर्षीय सन्तोष राईलार्ई एक महिना थुनाका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । चोरी मुद्धामा आरोपितलाई जिल्ला अदालत खोटाङबाट २०७४ साल भदौ ७ गते १ महिना कैंद हुने र १५ हजार जरिवाना भराउने फैसला सुनाइएको थियो । सजाय सुनाइए पनि हालसम्म फरार रहेका राईलाई असोज ३० गते घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । दशैं बिदाका कारण अदालत खुलेपछि कात्तिक ८ गते अदालतमा पेश गरिएका राई सोही दिन कैंद भुक्तानका लागि जेल पठाइएका हुन् । उनीमाथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको भेडा चोरी गरेको अभियोग छ । सोही मुद्धाका दुई अभियुक्त तोकिएको कैंद सजाय भुक्तानका लागि जेल चलान भइसकेका छन् । 

दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम सुरु

खोटाङ कात्तिक–९, खोटाङलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्म
Hamro Khotang

दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम सुरु

खोटाङ कात्तिक–९, खोटाङलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको दश दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम सुरु गरिएको हो । आगामी १८ महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । सडकको बिस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चौकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेको लागि प्रारम्भिक चरणको काम तिहारपछि लगत्तै सुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताउनुभयो । नाली, रिटेनिङ वाल सहित छ दशमलव २५ मिटर चौंडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो । उक्त सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । गत असोज–१ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौलामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्र्याक खोलिए पनि बीचमा ट्र्याक जोडिन बाँकी छ । ट्र्याक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ ।