धनकुटामा आन्दोलन चर्कियो, प्रहरीसँगको झडपमा ३ घाइते, अनिश्चितकालिन कर्फ्यू
newsare.net
धनकुटा ४ माघ प्रदेश १ को राजधानी धनकुटा बनाइनु पर्ने माग राख्दै जारी आन्दोलन धनकुटमा चर्किएर गएधनकुटामा आन्दोलन चर्कियो, प्रहरीसँगको झडपमा ३ घाइते, अनिश्चितकालिन कर्फ्यू
धनकुटा ४ माघ प्रदेश १ को राजधानी धनकुटा बनाइनु पर्ने माग राख्दै जारी आन्दोलन धनकुटमा चर्किएर गएको छ । आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप बिहीबार झडप हुँदा ३ जना घाइते समेत भएका छन् ।यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको जनाइएको छ ।सरकारले हिजो ३ माघका दिन प्रदेश एकको अस्थायी मुकाम विराटनगरमा तोकेपछि आन्दोलन बढेर गएको हो ।अनिश्चितकालिन कर्फ्यूआन्दोलन नियन्त्रणबाहिर गएपछि प्रशासनले धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कर्फ्यू लगाइएको हो । धनकुटामा अहिले पनि आन्दोलन जारी छ भने प्रहरी र धनकुटाबासीबिच ढुंगा हानाहान भईरहेको छ । Read more