एनआईसी एसिया बैंकको कामु सिईओमा रोशनकुमार न्यौपाने नियुक्त
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नएनआईसी एसिया बैंकको कामु सिईओमा रोशनकुमार न्यौपाने नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको आज बसेकोे सञ्चालक समितिको बैठकले बैंकका सहायक सीईओ न्यौपानेलाई कामु सीईओमा नियुक्त गरेको हो । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशियालाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउन अग्रणी भुमिका निर्वाह गरेका थिए । न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा… The post एनआईसी एसिया बैंकको कामु सिईओमा रोशनकुमार न्यौपाने नियुक्त appeared first on BizKhabar Online. Read more