खोटाङमा नगरस्तरीय बृहत शैक्षिक सेमिनार सम्पन्न
newsare.net
खोटाङ चैत्र–४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शैक्षिक गुणस्तर निर्धारणका लखोटाङमा नगरस्तरीय बृहत शैक्षिक सेमिनार सम्पन्न
खोटाङ चैत्र–४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शैक्षिक गुणस्तर निर्धारणका लागि आयोजना गरिएको बृहत शैक्षिक सेमिनार सम्पन्न भएको छ । सामुदायिक बिद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि आईतबार प्राध्यापक डाक्टर विद्यानाथ कोईराला लगायतका शिक्षाविद्को सहजिकरणमा शैक्षिक सेमिनार सम्पन्न भएको हो । शिक्षाविद्, नगरपालिकाभित्रका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेबी लगायत सम्मिलित सेमिनारले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नगरस्तरिय शैक्षिक अवधारणा–पत्र तयार पारेको छ । गत असोज २५ र २६ गते सम्पन्न नगरसभाले पारित गरेको निती तथा कार्यक्रम अनुशार शैक्षिक अवधारणा तयार पार्नका लागि शैक्षिक सेमिनारको आयोजना गरिएको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । शिक्षाविद्, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षासेवी लगायतबाट आवश्यक सुझाव लिएर नगरको शैक्षिक अवधारणालाई अन्तिम रुप दिइएको छ । ९४ बिद्यालय रहेको नगरपालिकाभित्र कार्यरत चार श्रोतव्यक्तीले चार वटै श्रोतकेन्द्रको विद्यालय र शैक्षिक गुणस्तरको अवस्था तथा सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेपछि सोही आधारमा नगरको शैक्षिक अवधारणा तयार पारिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा प्राध्यपक डा. कोईराला, डा. बासु सुबेदी, शिक्षाविद् तोया खनाल लगायतले शैक्षिक गुणस्तर सुधारमा पहिलो हात शिक्षककै रहने उल्लेख गर्नुभयो । प्रदेशसभाका सदस्य राजन राईले उदघाटन गर्नुभएको कार्यक्रममा शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभाबक र बिद्यार्थीले पालना गर्नुपर्ने आचार संहिता समेत पारित गरेको छ । Read more