वैदेशिक रोजगार छात्रबृत्तिबारे अलमल
newsare.net
खोटाङ जेठ–२, वैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका सन्तानलाईवैदेशिक रोजगार छात्रबृत्तिबारे अलमल
खोटाङ जेठ–२, वैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका सन्तानलाई उपलव्ध गराइने छात्रबृत्तिका बारेमा खोटाङका प्रधानाध्यापकहरु नै अलमलमा देखिएका छन् । वैदेशिक रोजगार प्रर्बद्र्दन बोर्डबाट उपलब्ध गराईने वैदेशिक रोजगार छात्रबृत्तिबारे प्रधानाध्यापकहरु स्पष्ट नहुँदा कतिपय बिद्यार्थीले उक्त रकम प्राप्त गर्न सकेका छैनन् ।बोर्डबाट आएको रकम जिल्ला शिक्षा कार्यालयले सम्बन्धित बिद्यार्थी अध्ययनरत बिद्यालयको खातामा जम्मा गरिदिए पनि सो रकम किन आएको र कसलाई दिने भन्ने बारे प्रधानाध्यापक स्पष्ट नहुँदा सो समस्या आएको बताईएको छ । कक्षा–१ देखि ८ सम्म बार्षिक ८ हजार र कक्षा–९ देखि १२ सम्म बार्षिक १२ हजार रुपैंयाँ ब्यवस्था गरिएको छात्रबृत्ति रकम कसलाई दिने भन्ने उल्लेख नगरी खातामा जम्मा हुने हुनाले बितरणमा समस्या हुने गरेको प्रधानध्यापकहरुको भनाई छ । वैदेशिक रोजगारीको क्रममा अभिभाबक गुमाउने सरकारी तथा नीजि बिद्यालयमा अध्ययनरत प्रत्येक बिद्यार्थीलाई प्रदान गरिने छात्रबृत्ति रकम बोर्डमार्फत आए पनि जिल्ला शिक्षा कार्यालय र सम्बन्धित बिद्यार्थी अध्ययनरत बिद्यालयबीच समन्वय नहुँदा बिद्यार्थीले नपाउने गरेको सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले जनाउनुभयो । परामर्शकर्ता दाहालको अनुसार छात्रबृत्ति बुझेको भर्पाई बिद्यालयमार्फत जिल्ला शिक्षा कार्यालय हुँदै बोर्डसम्म पु¥याउनुपर्ने ब्यवस्था उल्लेख छ ।केहि बिद्यार्थीले सुचनाकेन्द्र मार्फत छात्रबृत्ति रकम आएको थाहा पाएर लिए पनि कतिपयले हालसम्म पनि अघिल्लो वर्षको छात्रबृत्ति लिएका छैनन । अघिल्लो वर्ष खोटाङमा २२ जनाको छात्रबृत्ति स्वरुप वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले जिल्ला शिक्षा कार्यालयमा १ लाख ८४ हजार रकम पठाइदिएको थियो । जिल्ला शिक्षा कार्यालय, खोटाङले भने श्रोत ब्यक्तीहरु मार्फत सम्बन्धित बिद्यालयमा खबर पठाइएको जनाएको छ ।हुँदै नभएको बिद्यालयको नाममा पठाईएको रकम अलपत्रसोही छात्रवृत्ति स्वरुप भन्दै जिल्लामा हुँदै नभएको बिद्यालयको तीन जना बिद्यार्थीको नाममा आइपुगेको रकम महिनौ वितिसक्दा पनि अलपत्र भएको छ । छात्रवृत्तिका लागि उल्लेख गरिएको खोटाङको चण्डी ब्राइट फ्युचर नामको बोर्डिङ स्कूल जिल्लामै रहेको छैन । उक्त बिद्यालयको कक्षा–१ मा अध्ययनरत कुमार बस्नेत, कक्षा–४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा–८ मा अध्ययनरत सरिता बस्नेतको नाममा सो रकम पठाइएको हो । तीन जना बालबालिकाका लागि जनही ८ हजारका दरले २४ हजार रकम पठाइएकोमा हालसम्म सो रकमको लागि कोही पनि नआएका कारण सो रकम जिल्ला शिक्षा कार्यालयकै खातामा रहेको छ ।वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत असोज ८ गतेको मितिमा छात्रबृत्ति रकम पठाएको पत्र पठाएको हो । जिल्ला शिक्षा कार्यालयलाई पठाईएको पत्रमा सो रकम सम्बन्धित बिद्यालयमार्फत बिद्यार्थीलाई प्रदान गरी भर्पाई पठाउनु भनि उल्लेख गरिएको छ । Read more