भलपानी कक्षा कोठामा छिर्दा पठन–पाठन प्रभावित
newsare.net
खोटाङ, जेठ–१, वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत बिद्यालभलपानी कक्षा कोठामा छिर्दा पठन–पाठन प्रभावित
खोटाङ, जेठ–१, वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत बिद्यालयको पठन–पाठन प्रभावित भएको छ । भारी वर्षाका कारण माथिबाट झरेको भलपानीले बगाएर झारेको हिलो, माटो, बालुवा कक्षा कोठाभित्र छिर्दा बिद्यालयको सोमबारको पठन–पाठन बन्द भएको शिक्षक गोपाल राईले बताए । सोमबार बिहान ४ बजे परेको भारी वर्षाका कारण विद्यालयभन्दामाथि निर्माण गरिएको सडकै सडक झरेको भलपानीले विद्यालयको खेलमैदान समेत पुरेको छ । गत वर्ष निर्माण गरिएको झ्याम्टेबर–रमाईलो सडकबाट विद्यालय नजिकै पु¥याइएको शाखा सडकबाट भलपानी सिधै विद्यालयमा खस्दा विद्यालयको खेलमैदानमा ढुंगा, गिटी, बालुवा र झ्याँसको थुप्रो लागेको शिक्षक राईले बताए । ६ वटा कक्षामा छिरेको हिलो, बालुवा र पानी सोमबार पढाई बन्द गरेर दिनभर शिक्षक र बिद्यार्थीले निकालेर सफा गरेका छन् । विद्यालय खेलमैदानमा थुप्रिएको ढुंगा, गिटी, बालुवा पन्छाउने विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको शिक्षक राईले बताए । ‘कक्षा कोठामा पसेको हिलो र पानी सोमबार दिनभर लगाएर निकाल्यौँ,’ शिक्षक राईले भने, ‘खेलमैदानमा थुप्रिएको ढुंगा, गिटी, बालुवा पन्छाउने विषयमा व्यवस्थापन समितिको बैठक बोलाएका छौँ ।’ विद्यालय नजिक पु¥याइएको सडकबाट वर्षेनी बिद्यालयमा भलपानी खस्ने भएपछि समस्या निम्तिएको अभिभाबकको भनाई छ । Read more