दिक्तेलबजारमा बिचौलिया अन्त्यका लागि कडा नियम
newsare.net
खोटाङ जेठ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवगढी नगरपालिकामा तरकारी लगायतका कृषि उपजमा हुने बिचौदिक्तेलबजारमा बिचौलिया अन्त्यका लागि कडा नियम
खोटाङ जेठ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवगढी नगरपालिकामा तरकारी लगायतका कृषि उपजमा हुने बिचौलिय अन्त्यका लागि कडा नियम बनाईएको छ । सदरमुकाम समेत रहेको उक्त नगरपालिकाको दिक्तेलबजारमा लाग्ने हाटबजारमा भइरहेको ‘बिचौलिया’ प्रथा अन्त्य गर्न कडा नियम लागु गर्ने निर्णय गरिएको हो ।बुधबार र शनिबार लाग्ने साप्ताहिक हाटमा आउने तरकारी तथा कृषि उपजलाई कतिपय व्यवसायीले बाटैमा खरिद गरेर महंगो मूल्यमा बिक्री गर्ने गरेको पाइएकाले कडाई गर्नु परेको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।बिचौलिया अन्त्यका लागि नगरपालिकाले हाटका दिन बिहान ५ बजेदेखि ९ बजेसम्म ठेकेदारलाई तरकारी खरिदमा रोक लगाइएको छ । तरकारी व्यवसायीले बिहान ९ बजेपछि मात्र तरकारी खरिद गर्न पाउने मेयर रिजालले बताउनुभयो ।नगरपालिकाको नियमलाई बेवास्ता गर्ने व्यवसायीलाई प्रहरी परिचालन गरेर पक्राउ गरी कारबाही गरिने नगरपालिकाले जनाएको छ । बिचौलिया अन्त्यका लागि यसअघि समेत पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेको थिएन । Read more