खार्मीको सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन
newsare.net
खोटाङ जेठ–१०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सबै बिद्यालयमा अंग्रेखार्मीको सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन
खोटाङ जेठ–१०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्न शिक्षकहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । वडामा रहेका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने पुर्वतयारी स्वरुव आधारभुत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । गाउँका अभिभाबक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठन–पाठनको अन्तिम तयारी गरेको हो । अंग्रेजी माध्यमको पाठ्यक्रम, पुर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापन लगायतका बिषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडा सचिव चित्र सुबेदीले बताउनुभयो । अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ । Read more