तस्कार र अपराधीसँग गठजोर गरेर कांग्रेसले सरकारको विरोध गर्यो : अध्यक्ष पौडेल
newsare.net
खोटाङ २७ असोज । युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गरतस्कार र अपराधीसँग गठजोर गरेर कांग्रेसले सरकारको विरोध गर्यो : अध्यक्ष पौडेल
खोटाङ २७ असोज । युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गरेर कांग्रेसले सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् ।दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।पौडेलले समृद्धिको अभियान तुहाउने र देशलाई अस्थिरतातर्फ लैजाने गरी केही शक्ती क्रियाशिल रहेको समेत उल्लेख गरे ।उनले सरकारको समृद्धिको अभियान तुहाउने र देशलाई अस्थीरतातर्फ लैजाने शक्ति सक्रिय रहेको भन्दै ति शक्तिलाई परास्त गर्नु नै वर्तमान सरकारको प्रमुख कार्यभार भएको पनि बताए ।अध्यक्ष पौडेलले युवा संघको नेतृत्वले झकझक्याएकै कारण सरकारले बेरोजगारलाई रोजगारमुक कार्यक्रम गर्न प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको समेत जनाए । Read more