जनताको अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित : टंक राई
newsare.net
खोटाङ २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टंक राईले सरकारको काम गर्ने क्षमता भन्दा बढजनताको अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित : टंक राई
खोटाङ २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टंक राईले सरकारको काम गर्ने क्षमता भन्दा बढि जनताको अपेक्षा रहेको बताएका छन् । जनताको उक्त अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित भएको उनको भनाई छ ।दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।पूर्व सांसद समेत रहेका उनले सरकारले आफ्नो काम गरिरहेको भए पनि जनताको अपेक्षा उच्च रहेको र त्यही कारण जनताको अपेक्षा र सरकारको कामका विषयमा तालमेल नमिल्दा सरकारको आलोचना भएको बताए ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, प्रदेश सभाका सांसद राजन राई, उषाकला राई, नेकपा ध्रुब बुढाथोकी धिरेन, रामप्रसाद दंगाल पुर्वसांसद दुर्गाजयन्ती राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । Read more