प्रहरी र स्थानीय तहवीच सहकार्य
newsare.net
खोटाङ मंसिर–१, जिल्ला प्रहरी कार्यालय खोटाङले बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घटना नप्रहरी र स्थानीय तहवीच सहकार्य
खोटाङ मंसिर–१, जिल्ला प्रहरी कार्यालय खोटाङले बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घटना न्यूनिकरणका लागि स्थानीय तहसँग सहकार्य सुरु गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ कार्यक्रम अन्र्तगत आपराधिक घटना न्यूनिकरणका लागि प्रहरीले स्थानीय तहसँग तहसँग सम्झौता गरी सहकार्य थालेको हो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकासँगको सहकार्यमा ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालन गर्नेगरी सम्झौताको काम थालेको हो । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि हालसम्म जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासँग समझदारीपत्रमा द्वि–पक्षीय हस्ताक्षर भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।आपराधिक गतिविधि न्यूनिकरण गर्दै सभ्य तथा शान्त समाज स्थापनाको लागि हालसम्म हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीचमा पनि समझदारी कायम भइसकेको छ । Read more