हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड, २ दिनमा २८ हजारले गरे अवलोकन
newsare.net
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्तहाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड, २ दिनमा २८ हजारले गरे अवलोकन
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको आायोजकले जानकारी दिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा जारी एक्स्पोको शनिबार साँझसम्ममा २८ हजार जनाले अवलोकन गरेका छन् । विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ । एक्स्पोमा सहभागिहरुलाई… The post हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड, २ दिनमा २८ हजारले गरे अवलोकन appeared first on BizKhabar Online. Read more