भारतीय भन्सारमा रोकिएका १४० ट्याङ्कर नेपाल भित्रिए, किन रोक्छन भारतले बारम्बार ट्याङ्कर
newsare.net
काठमाडौं । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदाभारतीय भन्सारमा रोकिएका १४० ट्याङ्कर नेपाल भित्रिए, किन रोक्छन भारतले बारम्बार ट्याङ्कर
काठमाडौं । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि २ दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको हो । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको समेत उनले जानकारी दिएका छन । भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै… The post भारतीय भन्सारमा रोकिएका १४० ट्याङ्कर नेपाल भित्रिए, किन रोक्छन भारतले बारम्बार ट्याङ्कर appeared first on Bizkhabar Online. Read more