पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर
newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पर्सा जिल्लाको मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टपर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पर्सा जिल्लाको मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले प्रदेश नं २, पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा बुधबार एक कार्यक्रमका बीच उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूंजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिनेछ । शाखा कार्यालय वीरगंजका शाखा प्रवन्धक टिकाराज रिजालको अध्यक्षतामा भएको सो एक्सटेन्सन काउन्टरको समुद्घाटन बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले गरेका थिए… The post पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर appeared first on Bizkhabar Online. Read more