मुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम, प्रभातफेरी सँगै घरघरमा बैंक खाता खुला
newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार घरदैलो कार्यक्रमको आयोजना गरेको छ । बैंकको महाराजगंज शमुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम, प्रभातफेरी सँगै घरघरमा बैंक खाता खुला
काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार घरदैलो कार्यक्रमको आयोजना गरेको छ । बैंकको महाराजगंज शाखा कार्यालयले शनिबार विहान ८ बजेदेखि कुकेधारा चोकबाट मण्डीखाटारसम्म उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकमा खाता खोल्नुको महत्व, यसले सामान्य जिवनमा पार्ने प्रभाव लगायतका विषयमा ग्राहकहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममार्फत बैंकमा खाता नभएका ग्राहकहरुको बचत खाता समेत खोलिदिएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा महाराजगंज शाखा कार्यालयकी शाखा प्रबन्धक सृष्टी पोख्रल सहित अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । The post मुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम, प्रभातफेरी सँगै घरघरमा बैंक खाता खुला appeared first on Bizkhabar Online. Read more