संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको कार्यक्रम, २ सय विरुवा रोपियो
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । बैंकले काठमाडौं मसंविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको कार्यक्रम, २ सय विरुवा रोपियो
काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा २ सय ओटा रुखका विरुवा रोपेको छ । कार्यक्रममा कामनपा वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता रहेको थियो । बैंकले संविधान दिवसकै अवसरमा बैंकका मुख्य शाखाहरुमा दीपावली समेत गरेको छ । साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले समेत संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारतालगायतका कार्यक्रम गरेको छ । The post संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको कार्यक्रम, २ सय विरुवा रोपियो appeared first on Bizkhabar Online. Read more