रुप ज्योति विरुद्धको मुद्धा फिर्ता लिँदै विजेन्द्र, दुवै पक्ष मिल्दै
newsare.net
काठमाडौं । उद्योगी डा. रूप ज्योतिविरुद्ध ठगी अभियोगको उजुरी दिने विज्ञेन्द्रकृष्ण मल्लले प्रहरीरुप ज्योति विरुद्धको मुद्धा फिर्ता लिँदै विजेन्द्र, दुवै पक्ष मिल्दै
काठमाडौं । उद्योगी डा. रूप ज्योतिविरुद्ध ठगी अभियोगको उजुरी दिने विज्ञेन्द्रकृष्ण मल्लले प्रहरीमा दिएको जाहेरी फिर्ता लिने भएका छन् । ल्याण्डमार्क डेभलपर्सको नाममा आफुलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका उनले एकाएक उजुरी फिर्ता लिने बताएका हुन । उनको उजुरीकै आधारमा प्रहरीले रुप ज्योति, उनका दाई पद्म ज्योति र उनकी छोरीलगायतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धान जारी रहेको अवस्थामा विजेन्द्रकृष्ण मल्लले आफुहरु मिल्न तयार भएको भन्दै उजुरी फिर्ता लिने बताएका छन । आफुहरु मिल्नका लागि सरकारी वकिलको कार्यालयबाट प्रक्रिया अगाढी बढाउने उनको भनाई छ । The post रुप ज्योति विरुद्धको मुद्धा फिर्ता लिँदै विजेन्द्र, दुवै पक्ष मिल्दै appeared first on Bizkhabar Online. Read more