सरकारको कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड सहयोग
newsare.net
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचारसरकारको कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड सहयोग
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजा शाहले एक प्रेस वक्तव्य जारी गर्दै २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन । उनले ‘दुःख,कष्ट र आपत,विपदको यो घडीमा सबैका साथमा साथ दिन हमानी कोषलाई २ करोड दिई नेपाल सरकारलाई दाखिला गरेको बताएका हुन । पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । The post सरकारको कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड सहयोग appeared first on Bizkhabar Online. Read more