Nepal



नेपाल र कोरियाबीच सम्झौता, आप्रवासी पुनर्मिलन र साइबर सुरक्षामा २ अर्ब बढी सहयोग गर्ने

काठमाडौं । नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता भएका छन् । कोरियाबाट फर्किएका आप्रवासीहरु

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

काठमाडौं । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक प
BizKhabar Online » BizKhabar Online

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

काठमाडौं । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ । फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए। उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका […]

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आ
BizKhabar Online » BizKhabar Online

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीले भेटेका छन् । वासिङटनडिसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरुबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक भएको उनको भनाइ थियो । ऊर्जा र पर्यटन क्षेत्रले अर्थतन्त्रमा […]

लुम्बिनी प्रदेशमा सरकार विस्तार, आजै मन्त्रीहरुको शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशमा सरकार विस्तार, आजै मन्त्रीहरुको शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी छ जना विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दाहोरो अंकको गिरावट देखिएको छ । बिहीबार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दाहोरो अंकको गिरावट देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिल्लो कारोबार दिन पनि सेयर बजार घटेको थियो । यसअघिको कारोबार दिन मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेको थियो । पछिल्लो केहि समय यता नेप्से […]

लगातार बढ्दै भन्सार राजस्व, तातोपानी भन्सारमा मात्रै लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व उठ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्क
BizKhabar Online » BizKhabar Online

लगातार बढ्दै भन्सार राजस्व, तातोपानी भन्सारमा मात्रै लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व उठ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए । नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत […]

न्यादी पावरले साढे ३ करोड कित्ता सेयर जारी गर्दै, नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमडाौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय
BizKhabar Online » BizKhabar Online

न्यादी पावरले साढे ३ करोड कित्ता सेयर जारी गर्दै, नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमडाौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन् । न्यादीले प्रतिकित्ता रु […]

एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?

काठमाडौं । लामो समय बन्द रहेर करिव १ हप्ता अघिदेखि मात्रै सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्
BizKhabar Online » BizKhabar Online

एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?

काठमाडौं । लामो समय बन्द रहेर करिव १ हप्ता अघिदेखि मात्रै सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई पुनः रोकिएको छ । लामो समयसम्म आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सल्टिएसँगै गत हप्तादेखि मात्रै सुरु भएको लाइसेन्स छपाई पुनः सफ्टवेयरमा समस्या आएको भन्दै रोकिएको हो । खासगरी भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले कार्ड आपुर्तिको जिम्मा आफुलाई […]

महालेखा परीक्षकमा तोयम राय नियुक्त, आगामी ६ बर्ष कार्यकाल सम्हाल्ने

काठमाडौं । महालेखापरिक्षकमा तोयम राय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सं
BizKhabar Online » BizKhabar Online

महालेखा परीक्षकमा तोयम राय नियुक्त, आगामी ६ बर्ष कार्यकाल सम्हाल्ने

काठमाडौं । महालेखापरिक्षकमा तोयम राय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनी आगामी ६ बर्षका […]

‘२०८१ लाई नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी, खनिज इन्धन खपत घटाउन जोड

काठमाडौं । सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरण
BizKhabar Online » BizKhabar Online

‘२०८१ लाई नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी, खनिज इन्धन खपत घटाउन जोड

काठमाडौं । सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ । नवीकरणीय र स्वच्छ ऊर्जाको विकास र विस्तार गर्ने लक्ष्यका साथ सरकारले नवीकरणीय उर्जा वर्ष मनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा, जलस्रोत […]

असुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भ
BizKhabar Online » BizKhabar Online

असुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भएको छ । पछिल्लो केही सयम यता नेपाली अर्थतन्त्रमा देखिएको आार्थिक मन्दीको कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि हुँदै गइरहेको छ । अर्थतन्त्रमा देखिएको मन्दीको कारण लामो समयदेखि देशमा उधोग व्यवसायमा समेत असर परेको छ । जसको […]

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच समझदारी, बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लाग
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच समझदारी, बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा। लि।का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन् । समझदारी […]

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला

काठमाडौं । सबैको जीवनमा कठिन समय आउँछ । कतिपय परिस्थितिको चपेटामा पर्छन् भने कतिपय भने आफ्नो बलिय
BizKhabar Online » BizKhabar Online

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला

काठमाडौं । सबैको जीवनमा कठिन समय आउँछ । कतिपय परिस्थितिको चपेटामा पर्छन् भने कतिपय भने आफ्नो बलियो इच्छाशक्तिका साथ कठिन समयलाई पछाडि छोडेर फेरि फर्कन्छन् । कनिका टेकरीवाल पनि तीमध्ये एक हुन् । कनिका जेटसेटगोकी सीईओ हुन् । उनी ४२० करोड भारतीय रुपैयाँभन्दा बढीको नेटवर्थका साथ सबैभन्दा धनी भारतीय महिला हुन् । कनिकालाई भारतीय उड्डयन […]

तातोपानी नाका : राज्यले गाईको दूध खाएर स्याहार नगरे जस्तो

काठमाडौँ । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबा
BizKhabar Online » BizKhabar Online

तातोपानी नाका : राज्यले गाईको दूध खाएर स्याहार नगरे जस्तो

काठमाडौँ । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ । सङ्घदेखि स्थानीय तहका […]

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो […]

आजदेखि देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै, जुकाको औषधि पनि दिइने

काठमाडौँ । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै, जुकाको औषधि पनि दिइने

काठमाडौँ । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी […]

सामसङको नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै, कति पर्छ मूल्य ?

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्याम
BizKhabar Online » BizKhabar Online

सामसङको नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै, कति पर्छ मूल्य ?

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेका छन् । यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ१.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको । यसमा १३ एमपी फ्रन्ट क्यामरा पनि छ । यसमा ५००० एमएच ब्याट्री र २३ […]

एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्ति
BizKhabar Online » BizKhabar Online

एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा […]

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

काठमाडौं । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी
BizKhabar Online » BizKhabar Online

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

काठमाडौं । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए। उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको […]

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?

काठमाडौँ । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ अत्यावश्यक छ । उनीहरुको ग
BizKhabar Online » BizKhabar Online

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?

काठमाडौँ । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ अत्यावश्यक छ । उनीहरुको गृहकार्य, जागिर आवेदन, बैंकिङदेखि सबै काम अनलाइन मन्चमा सञ्चालन हुने भएकोले ‘डिजिटल लिटेरेसी’ (विद्युतीय साक्षरता) विलासिता नभई आवश्यकता हो । सन् १९९० को दशकमा नसुनिएको स्मार्टफोन अहिले धेरैको हातमा देखिन्छ । हालका विद्यार्थीले गृहकार्य गर्दा कम्प्युटरको प्रयोग गर्न थालेका छन् । आजका […]

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्य
BizKhabar Online » BizKhabar Online

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्यो । एकातर्फ बढिरहेको डलरको मूल्य र अर्कातर्फ इरानले इजरायलमाथि गरेको आक्रमणका कारण कच्चा तेलको मूल्यले एकाएक उकालो बाटो समात्यो । खासगरी इरानले इजरायलमाथी सिरियामा रहेको आफ्नो महावाणिज्यदूतावासमा आक्रमण गरेको भन्दै एकाएक आक्रमण गरेको थियो । भलै इजरायलले हालसम्म यसको कुनै […]

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँ
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो […]

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढ्यो, तीन अर्ब लागत

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक
BizKhabar Online » BizKhabar Online

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढ्यो, तीन अर्ब लागत

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा आज उक्त कार्यको शुभारम्भ गरे […]

नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउदै जेसीबी, अत्याधुनिक उत्पादन र नयाँ वारेण्टी सपोर्ट प्याकेजको प्रतिबद्धता

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एम
BizKhabar Online » BizKhabar Online

नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउदै जेसीबी, अत्याधुनिक उत्पादन र नयाँ वारेण्टी सपोर्ट प्याकेजको प्रतिबद्धता

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ । नेपाली बजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्रयाक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका […]

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका
BizKhabar Online » BizKhabar Online

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट […]

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । ज्योति विकाश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हज
BizKhabar Online » BizKhabar Online

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । ज्योति विकाश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको यसैअवधिको तुलनामा २४.४० प्रतिशत घटेको छ । गत आवको चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढे पनि […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा रहेको सुनको मूल्य आज पनि मंगलबारकै मूल्य अर्थात प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी […]

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बु
BizKhabar Online » BizKhabar Online

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो । बाह्र जना नेपाली सेना र एक जना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने […]

युएईमा भारी वर्षा : दुबईमा बाढी, सडक, रेल र उडान प्रभावित

काठमाडौँ । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको
BizKhabar Online » BizKhabar Online

युएईमा भारी वर्षा : दुबईमा बाढी, सडक, रेल र उडान प्रभावित

काठमाडौँ । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ । मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ । युएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको […]

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट योजना

काठमाडौँ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गतेसम
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट योजना

काठमाडौँ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको छ । डिजिटल बैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको हो […]

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन उद्घाटन, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौ । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन उद्घाटन, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौ । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मिति वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको उद्घाटन गरिएको हो । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लि. का अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन […]

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह गरेका छन् । मंगलबार बागलुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् । हिन्दु धर्मावलम्बीका […]

हाम्रो नेपालमा : उद्योग पूर्णरुपमा सञ्चालन हुन नपाउँदै ट्रेड युनियन गठन, स्थानीयले रोजगारी पाएको उद्योगमा कर्मचारी विभाजित

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजम
BizKhabar Online » BizKhabar Online

हाम्रो नेपालमा : उद्योग पूर्णरुपमा सञ्चालन हुन नपाउँदै ट्रेड युनियन गठन, स्थानीयले रोजगारी पाएको उद्योगमा कर्मचारी विभाजित

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय […]

प्रधानमन्त्रीलाई राखेर सीएनआइले भन्यो – सरकारले व्यवसायीलाई थुन्ने नाममा थर्काएर वार्गेनिङ गरिरहेको छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले सरकारले उद्योगीहरुसँगै थुनेर बार्गेनिङ गरिरहेको आरोप
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीलाई राखेर सीएनआइले भन्यो – सरकारले व्यवसायीलाई थुन्ने नाममा थर्काएर वार्गेनिङ गरिरहेको छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले सरकारले उद्योगीहरुसँगै थुनेर बार्गेनिङ गरिरहेको आरोप लगाएको छ । परिसंघको २१ औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले यस्तो बताएका हुन् । प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालकै अघि उनले सामान्य उजुरीकै भरमा पहिले थुन्ने अनि सुन्न खोज्ने चलन बढ्न लागेको बताएका हुन् । ‘पहिलो […]

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै, कुन वडामा कहिले ?

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ
BizKhabar Online » BizKhabar Online

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै, कुन वडामा कहिले ?

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ […]

जरिवाना तिर्न नयाँ प्रविधि लागू, ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुप
BizKhabar Online » BizKhabar Online

जरिवाना तिर्न नयाँ प्रविधि लागू, ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख […]

Get more results via ClueGoal