Nepal



Egypt opens vast museum by the Pyramids dedicated to ancient civilization

After years of anticipation, the Grand Egyptian Museum by the Pyramids opened on Saturday evening, marking the world’s largest archaeological complex dedicated to a single civilization.

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा, लिए शपथ

काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा नियुक्त भएका छन् । बैंकको कात्तिक १४
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा, लिए शपथ

काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा नियुक्त भएका छन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक कुंचालाई सर्वसम्मत्तीबाट अध्यक्षमा चयन गरेको हो । कुंचा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबिआईको २९ देशमा […]

११ मुलुकमा कार्यरत राजदूत फिर्ताको निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता गर्ने सरकारी
BizKhabar Online » BizKhabar Online

११ मुलुकमा कार्यरत राजदूत फिर्ताको निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको कदम तत्काल रोक्न निर्देशन दिएको हो। सरकारले दुई साताअघि ती राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार सम्पादकहरूसँगको भेटमा केही राजदूतले […]

मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन, ११ जना घाइते

काठमाडौं । मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २
BizKhabar Online » BizKhabar Online

मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन, ११ जना घाइते

काठमाडौं । मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ । सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भने, “दुःखको कुरा, धेरै पीडितहरू नाबालिग रहेका छन्, […]

व्यक्तिगत इगो साँध्ने ‘कुलमान नीति’ ले प्राधिकरणलाई दैनिक ६ करोड घाटा, आफ्नै प्रस्तावबाट किन पछि हटे उद्योगी ?

काठमाडौं । लोडसेडिङ अन्त्य गरेको भन्दै चौतर्फी सकारात्मक छवि बनाएका उर्जामन्त्री कुलमान घिसिङक
BizKhabar Online » BizKhabar Online

व्यक्तिगत इगो साँध्ने ‘कुलमान नीति’ ले प्राधिकरणलाई दैनिक ६ करोड घाटा, आफ्नै प्रस्तावबाट किन पछि हटे उद्योगी ?

काठमाडौं । लोडसेडिङ अन्त्य गरेको भन्दै चौतर्फी सकारात्मक छवि बनाएका उर्जामन्त्री कुलमान घिसिङको नाम अहिले विवादित बनेको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा मन्त्री बनेसँगै व्यक्तिगत इगो र विद्युत प्राधिकरणलाई आफुअनुकुल चलाउन प्रबन्ध निर्देशक हटाउने, उद्योगहरु ठप्प हुनेगरी गरिएको विद्युत कटौतीकोे निर्णय उनीमाथि नै ब्याकफायरको रुपमा देखिएको छ । कुलमानको निर्णयले ठूला उद्योगहरू ठप्प बनेका […]

नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो, हिमालयनको म्याचिङले बढायो कारोबार रकम

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो, हिमालयनको म्याचिङले बढायो कारोबार रकम

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को बिन्दुमा आएको छ । आइतबार कारोबारमा आएकामध्ये २०५ कम्पनीको सेयर भाउ बढेको छ भने ४२ कम्पनीको घटेको छ । यता, कारोबार रकम भने करिब तीन महिनाकै उच्च भएको छ । आज ९ अर्ब २० करोड […]

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

काठमाडौं । यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तर
BizKhabar Online » BizKhabar Online

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

काठमाडौं । यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्‍याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा […]

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘एडुटेडमेन्ट कार्यक्रम’, क्षमता अभिबृद्धि तालिमका साथ सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘एडुटेडमेन्ट कार्यक्रम’, क्षमता अभिबृद्धि तालिमका साथ सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कार्तिक १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृतसन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको […]

नेशनल लाईफको सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीइओ […]

दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल, औचित्यमाथि प्रश्न

काठमाडौं । भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोग
BizKhabar Online » BizKhabar Online

दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल, औचित्यमाथि प्रश्न

काठमाडौं । भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको देखिएको छ । वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन् । क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्ने अपेक्षा गरिन्छ […]

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल लगाइने

काठमाडौं । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ
BizKhabar Online » BizKhabar Online

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल लगाइने

काठमाडौं । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो । माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । सडकको भागमध्ये सात […]

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि टेण्डर आह्वान, १५० जनाको दरबन्दी प्रस्ताव

काठमाडौं । सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट
BizKhabar Online » BizKhabar Online

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि टेण्डर आह्वान, १५० जनाको दरबन्दी प्रस्ताव

काठमाडौं । सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस ९१७ डिसेम्बर २०२५० रहेको छ । सुरुङ मार्गमार्फत सवारी […]

वैशाखयता विपद्जन्य घटनाबाट ३३५ जनाको मृत्यु : ४१ बेपत्ता, २६४ घाइते

काठमाडौं । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन्। वैशाखयताक
BizKhabar Online » BizKhabar Online

वैशाखयता विपद्जन्य घटनाबाट ३३५ जनाको मृत्यु : ४१ बेपत्ता, २६४ घाइते

काठमाडौं । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन्। वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३३५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन्। […]

पहिरोले हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

काठमाडौं । हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद
BizKhabar Online » BizKhabar Online

पहिरोले हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

काठमाडौं । हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको इन्द्र सरोवर गाउँपालिका-३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए । […]

प्रधानमन्त्रीले आज बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै, के छन् एजेण्डा ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्।
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै, के छन् एजेण्डा ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र […]

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पू
BizKhabar Online » BizKhabar Online

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक […]

प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदान हस्तान्तरण नहुँदा बजेट कार्यान्वयन प्रभावित : वित्त आयोग प्रतिवेदन

काठमाडौँ । सङ्घ सरकारले प्रदेश र स्थानीय तह तथा प्रदेश सरकारले स्थानीय तहलाई वार्षिक बजेटमार्फत
BizKhabar Online » BizKhabar Online

प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदान हस्तान्तरण नहुँदा बजेट कार्यान्वयन प्रभावित : वित्त आयोग प्रतिवेदन

काठमाडौँ । सङ्घ सरकारले प्रदेश र स्थानीय तह तथा प्रदेश सरकारले स्थानीय तहलाई वार्षिक बजेटमार्फत् छुट्याउने विभिन्न शीर्षकको अनुदान रकम आर्थिक वर्षको बीचमा कटौती हुँदा समग्र बजेट कार्यान्वयन भएको देखिएको छ । गत असोज ३० गते राष्ट्रपतिसमक्ष पेस भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदनअनुसार आयोगको सिफारिस बमोजिम अनुदान नछुट्याइएको मात्र नभइ […]

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विम
BizKhabar Online » BizKhabar Online

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ । हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार निरन्तर झरी […]

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगर
BizKhabar Online » BizKhabar Online

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौंँ […]

नेपाल डेभलपमेन्ट पब्लिकको साधारणसभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौं। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर
BizKhabar Online » BizKhabar Online

नेपाल डेभलपमेन्ट पब्लिकको साधारणसभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौं। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको आज सम्पन्न पहिलो वार्षिक साधारणसभाले सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधि जस्ता ठूला सहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण […]

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति, कृषक चिन्तित

काठमाडौं । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्त
BizKhabar Online » BizKhabar Online

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति, कृषक चिन्तित

काठमाडौं । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक […]

बालबालिकाले फोन कति समयसम्म हेर्न सुरक्षित हुन्छ ? आमा-बाबुले कसरी स्क्रिनको लतबाट बच्चालाई जोगाउन सक्छन् ?

स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरले भरिएको संसारमा, कुन उमेरका बालबालिकाहरूले स्क्रिनमा यति धेर
BizKhabar Online » BizKhabar Online

बालबालिकाले फोन कति समयसम्म हेर्न सुरक्षित हुन्छ ? आमा-बाबुले कसरी स्क्रिनको लतबाट बच्चालाई जोगाउन सक्छन् ?

स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरले भरिएको संसारमा, कुन उमेरका बालबालिकाहरूले स्क्रिनमा यति धेरै समय बिताउनु ठीक हो ? यस विषयमा विज्ञहरूको राय के छ ? काठमाडौं । व्यापक अनुसन्धान र अध्ययनका बाबजुद पनि, बालबालिकाका लागि स्क्रिन समय कति सुरक्षित छ भन्ने कुरा अझै स्पष्ट छैन, र यसको कुनै अन्तर्राष्ट्रिय मापदण्ड छैन । जसरी हरेक बालबालिका फरक […]

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा-हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौस
BizKhabar Online » BizKhabar Online

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा-हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश […]

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्ने उद्योगीलाई कुलमानले भने : म जिम्मेवारीबाट पछि हट्दिन, अन्याय भएको लागे कानूनी प्रक्रियामा जानु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले दिएको भ्रष्टाचार निय
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्ने उद्योगीलाई कुलमानले भने : म जिम्मेवारीबाट पछि हट्दिन, अन्याय भएको लागे कानूनी प्रक्रियामा जानु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो अडान राख्दै लामो समयदेखिको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्ने उद्योगी व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न पछि नहट्ने स्पष्ट पारेका छन् । घिसिङले देश लोडसेडिङमा […]

आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण अर्थमन्त्रीलाई हस्तान्तरण, सरकारको सञ्चित कोष २ खर्बले ऋणात्मक

काठमाडौं । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई नेपाल सरकार
BizKhabar Online » BizKhabar Online

आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण अर्थमन्त्रीलाई हस्तान्तरण, सरकारको सञ्चित कोष २ खर्बले ऋणात्मक

काठमाडौं । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण पेस गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त विवरण हस्तान्तरण गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम महालेखा नियन्त्रक कार्यालयले तयार पारेको उक्त प्रतिवेदनमा नेपाल सरकारको केन्द्रीय लेखाको […]

भिजिट भिसामा सहजीकरण, अब डलर अनिवार्यकाे प्रावधान खारेज

काठमाडौं । सरकारले भिजिट भिसा प्रक्रियालाई उल्लेखनीय रूपमा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय न
BizKhabar Online » BizKhabar Online

भिजिट भिसामा सहजीकरण, अब डलर अनिवार्यकाे प्रावधान खारेज

काठमाडौं । सरकारले भिजिट भिसा प्रक्रियालाई उल्लेखनीय रूपमा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार भिजिट भिसाका लागि लागू हुँदै आएका विभिन्न कडा प्रावधान हटाइएको हो । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी भिजिट भिसामार्फत विदेश यात्रा गर्न चाहने नेपाली नागरिकका लागि प्रक्रिया सहज बनाइएको जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार कम्तीमा ६ महिना वैध […]

राज्यप्रति निजी क्षेत्रको योगदानलाई सबैले कदर गर्नुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले राष्ट्रलाई दिएको योगदानको सबैले कदर गर्न
BizKhabar Online » BizKhabar Online

राज्यप्रति निजी क्षेत्रको योगदानलाई सबैले कदर गर्नुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले राष्ट्रलाई दिएको योगदानको सबैले कदर गर्नुपर्ने बताएका छन् । महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा आयोजन भएको ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ तालिमको समापन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि भएको आन्दोलनलाई इंगित गर्दै राज्यप्रति […]

महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण, ४ हजार कुकुरको बन्ध्याकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानग
BizKhabar Online » BizKhabar Online

महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण, ४ हजार कुकुरको बन्ध्याकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ। छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट […]

लगातार बढ्दै सार्वजनिक ऋण, तीन महिनामै थपियो ५० अर्ब ६० करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सरकारको सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैय
BizKhabar Online » BizKhabar Online

लगातार बढ्दै सार्वजनिक ऋण, तीन महिनामै थपियो ५० अर्ब ६० करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सरकारको सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैयाँले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब चार करोड रहेको कुल ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो। यो ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ […]

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न, बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियान घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरम
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न, बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियान घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो […]

नेशनल लाईफको ‘सफलताको शुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले भाद्र महिनाको मासिक योजनामा लक्ष्य पूरा गर्ने करिब ३०० उत्
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको ‘सफलताको शुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले भाद्र महिनाको मासिक योजनामा लक्ष्य पूरा गर्ने करिब ३०० उत्कृष्ट अभिकर्तालाई पोखराको होटल पोखरा ग्राण्डमा १ रात २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा महानायक राजेश हमालले संघर्ष र निरन्तरताबारे उत्प्रेरक मन्तव्य दिए। खत्रीले अभिकर्ताको योगदानलाई कम्पनीको […]

काठमाडौंको जग्गा अतिक्रमणविरुद्ध कडाई, ७ दिनभित्र खोलाकिनारका संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जमिन, खोलाकिना
BizKhabar Online » BizKhabar Online

काठमाडौंको जग्गा अतिक्रमणविरुद्ध कडाई, ७ दिनभित्र खोलाकिनारका संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जमिन, खोलाकिनार र मापदण्ड विपरीत बनेका संरचना हटाउन सात दिनको समय सीमा तोक्दै कडा निर्देशन जारी गरेका छन्। असोज २ गते बसेको दुवै निकायको संयुक्त बैठकका आधारमा सूचना सार्वजनिक गर्दै सबै प्रकारका अवैध निर्माण तत्काल निष्कासन गर्न आग्रह गरिएको हो। निर्देशनमा काठमाडौं महानगर क्षेत्र र […]

तीन महिनामा २ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह ७३ अर्ब मात्रै, सीडी रेसियो ६०.७२ प्रतिशतसम्म झर्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकहरुमा २ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ७
BizKhabar Online » BizKhabar Online

तीन महिनामा २ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह ७३ अर्ब मात्रै, सीडी रेसियो ६०.७२ प्रतिशतसम्म झर्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकहरुमा २ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ७३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । निक्षेप थुप्रिएसँगै कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । फलस्वरुपः वाणिज्य बैंकहरुमध्ये एक बैंकको सीडी रेसियो ६०.७२ प्रतिशतसम्म झरेको छ । चालु आर्थिक वर्षको सुरुवाती […]

अब सरर पोखरा–मुग्लिन सडकमा, निर्माण यसै आवभित्र सक्ने लक्ष्य

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लि
BizKhabar Online » BizKhabar Online

अब सरर पोखरा–मुग्लिन सडकमा, निर्माण यसै आवभित्र सक्ने लक्ष्य

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । […]

३ करोडमाथिको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्यको व्यवस्था लागू, आवेदन माग

काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा
BizKhabar Online » BizKhabar Online

३ करोडमाथिको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्यको व्यवस्था लागू, आवेदन माग

काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था लागू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो कारोबारका लागि दरखास्त आह्वान गरेको हो। विभागका अनुसार असोज २७ गते […]

नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर, विपी राजमार्गमा बाढी प्रभावित क्षेत्रको मर्मतसम्भार गर्ने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच विपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनु
BizKhabar Online » BizKhabar Online

नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर, विपी राजमार्गमा बाढी प्रभावित क्षेत्रको मर्मतसम्भार गर्ने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच विपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा उक्त हस्ताक्षर सम्पन्न गरिएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको विपी राजमार्ग नेपालको एक […]

Get more results via ClueGoal