काठमाडौं । कतार एयरवेजले नेपालमा आफ्नो मुख्य टिकट बिक्री प्रतिनिधि (जिएसए) को जिम्मेवारी प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सलाई दिएको छ । कम्पनीले प्रेसिडेन्ट ट्राभललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । यससँगै नेपालबाट कतार एयरवेजको टिकट बुकिङ, यात्रा व्यवस्थापन, कर्पोरेट सेवा तथा यात्रु सहायता सेवा अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ । प्रेसिडेन्ट ग्रुप अफ […]
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ। बैंकको शाखा कार्यालय विराटनगरमार्फत प्रदान गरिएको उक्त सहयोग रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब एवं विपन्न बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिएको जनाइएको छ। डोनर बेड हस्तान्तरण कार्यक्रममा बैंकका कोशी […]
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन् । नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे । आफ्नो पहिलो भारत भ्रमणमा रहेका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट […]
काठमाडौं । सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौंउपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेका छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेका छन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल […]
गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा […]
काठमाडौं । लघुवित्त कम्पनीहरुको मूल्य दोस्रो बजारमा उच्च रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ८ कम्पनीको सेयर मूल्य १५ सयभन्दा माथि रहेको छ । जेठ ८ गतेको क्लोजिङ मूल्यलाई हेर्ने हो भने लघुवित्तको सेयर भाउ ६ हजार नजिकसम्म छ । सबैभन्दा धेरै सेयर मूल्य हुनेमा आत्मनिर्भर लघुवित्त रहेको छ […]
काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली देशको सबैभन्दा शक्तिशाली नेताको आधिकारिक निवासमा फेरि आक्रमण भएको छ । अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसमा शनिबार फेरि आक्रमण भएको छ । जहाँ २० देखि २५ राउन्ड ¥यापिड फायरिङ भएको थियो । आक्रमणको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा उपस्थित थिए । अहिले यो प्रश्न उठेको छ कि […]
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड […]
काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक […]
गण्डकी । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो […]
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बैठक बस्नेछ । आजको बैठकमा बाँकी सचिवालय सदस्यले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शुक्रबारदेखि जारी सचिवालय बैठकमा अधिकांश सदस्यले अध्यक्ष ओलीलाई […]
काठमाडौं । वर्षा र पहिरोका कारण आज देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ को दोभान वडा न. ३ को रिजालभिर र आयोम बजार क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके […]
पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु. एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगन्ज […]
पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बा खोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त […]
कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोला घरमा बसोबास […]
काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए । टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० […]
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल […]
ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार […]
भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । यहाँ आयोजित ‘भैरहवा सहर: उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए । बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ […]
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष एक हजार २०० […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न […]
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन् । मुलुकको आर्थिक […]
सबैजना लामो समयसम्म बाँच्न र स्वस्थ रहन चाहन्छन् । विश्वभरका वैज्ञानिकहरू यो प्राप्त गर्ने तरिका खोज्न काम गरिरहेका छन् । लेस्टरको अनुसन्धानले सुझाव दिन्छ कि तपाईंको हिँड्ने गति परिवर्तन गर्नु दीर्घायुको उपाय हुन सक्छ । दीर्घायुको रहस्य तपाईंको हिँड्ने गतिमा निहित छ । काठमाडौं । स्वस्थ रहनको लागि हिँड्नु सबैभन्दा सजिलो तरिका हो । यसले […]
लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ । शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश […]
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारसँग आवेदन मागेको हो। सूचनाअनुसार संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी […]
झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा […]
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । […]
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन् । निर्वाचन परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । उनले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ […]
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सार्वजनिक सूचना जारी गर्दै सुझाव पठाउन आह्वान गरेको हो । सूचनामा संविधान संशोधनसम्बन्धी राय तथा सुझाव एक साताभित्र पठाउन अनुरोध […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न पुगेको छ । महासंघको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनदेखि नै कित्ताकाट हुँदै आएको निर्वाचन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा थप रोचक बन्न पुगेको हो । बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा पछिल्लो समय समिकरण चेञ्ज हुँदै अध्यक्ष अञ्जन भर्सेस अल हुन पुगेको थियो । […]