नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा
२१ कात्तिक, ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई […]