चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला
२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड […]