दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता
२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको […]