अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालका मुख्य व्यक्ति २२ करोडको हेरोइनसहित त्रिभुवन बिमानस्थलबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पु¥याएको खुलेको हो । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई […]