एनपीएल क्रेज : एकैपटक २ लाख जनाले लिन खोजे टिकट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलप्रति दर्शकको आकर्षण उच्च देखिएको छ । फाइनलको टिकट बिक्री खुला हुँदा एकैपटक करिब २ लाख प्रयोगकर्ताले टिकट खरिदको प्रयास गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुला गरिएकोमा केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानको भनाइ छ । […]