अस्ट्रेलिया बसेर विकसित देशका जनस्वास्थ्य नीति बनाउन सक्रिय नेपाली डाक्टर
विराटनगर महानगरपालिका–१३ रानीबाट संघर्ष गर्दै माथि उठेका डा. उदयनारायण यादव अहिले अस्ट्रेलिया बसेर विश्व स्वास्थ्य संगठन, अस्ट्रेलिया र अन्य विकसित मुलुकहरूको जनस्वास्थ्य नीति निर्माण गर्ने तहमा पुगेका छन् । जनस्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विश्वका थोरै वैज्ञानिकको सूचीमा उनको नाम छ ।