कवि तथा गीतकार टीका चाम्लिङको निधन
६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो । संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए । २०८० सालदेखि क्यान्सरसँग […]