ग्रेटर नेपालको धङधङीबाट विकास कूटनीतिमा फर्किए बालेन
काठमाडौंको मेयर हुँदा होस् या सोसल मिडिया इन्फ्लुयन्सर हुँदा– बालेन पनि उग्र राष्ट्रवादको ज्वरो बढाउने नारा र पाराहरुमा विश्वास राख्थे । तर प्रधानमन्त्री बनेयता भने उनी व्यावहारिक र परिपक्व राजनीतिकर्मीमा बदलिने संकेत देखाइरहेका छन्, जसको आशाप्रद परीक्षण दिल्ली भ्रमणक्रममा भयो ।