न शुल्क, न गृहकार्य, न अंकको होड : यस्तो छ नेदरल्यान्ड्सको शिक्षा
विद्यालय भन्नेबित्तिकै धेरै बालबालिकाको आँखाअघि किताब, कपी, गृहकार्य, परीक्षा र नम्बरको दौड आउँछ । कक्षामा राम्रो गर्नुपर्ने दबाब, अरूभन्दा अगाडि हुनुपर्ने प्रतिस्पर्धा र अभिभावकको अपेक्षाबीच उनीहरूको बाल्यकाल बितिरहेको हुन्छ । तर, शिक्षा भनेको परीक्षा दिनु र राम्रो अंक ल्याउनु मात्रै हो त ? खेल्नु, रमाउनु, साथी बनाउनु, आफ्नो रुचि खोज्नु र तनावमुक्त भएर हुर्कन पाउनु […]