सरकारी कार्यक्रममा प्लास्टिकजन्य पदार्थ प्रयोग नगर्न उच्च अदालत विराटनगरको आदेश
१० मंसिर, विराटनगर । उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न परमादेश जारी गरेको छ । अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा अदालतले कोशी प्रदेश सरकारसमेतका नाममा परमादेश जारी गरेको हो । अदालतले अब उप्रान्त सरकारी निकायबाट हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी उपलब्ध विकल्पहरूको प्रयोग गर्न र […]