१०औं राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै
१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। तेस्रो दिनको खेल सकिँदा पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ। नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा जारी प्रतियोगितामा बागमतीले १२ स्वर्ण, सात रजत र सात कांस्य गरी कुल २६ पदक जितेको छ। दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले नौ […]