टेनिसको पुरुष डबल्समा प्रदीप र करणको जोडीलाई स्वर्ण
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाको जोडीले स्वर्ण पदक जितेको छ । आइतबार बर्दियाको गुलरियामा भएको फाइनलमा प्रदीप र करणको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६–७, ६–४ र १२–१० को सेटमा पराजित गर्यो । यस स्पर्धामा बागमतीका निसान श्रेष्ठ र […]