निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड
१४ मंसिर, गण्डकी । नीति निर्माण तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम–नेपाल) गण्डकी प्रदेश समितिद्वारा शनिबार र आइतबार पोखरामा आयोजित बाल सहभागितासम्बन्धी गण्डकी प्रदेशस्तरीय छलफल कार्यक्रममा बालबालिकासँग सरोकार राख्ने ऐन, कानुन, योजना तथा कार्यक्रम तर्जुमा गर्दा बालबालिकाका […]