कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै, संसदीय विशेष समिति गठनबारे छलफल हुने
५ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्नेछ। बैठकमा ‘संसदीय विशेष समिति गठनसम्बन्धी छलफल’ हुने कार्यसूची छ। यस्तै, विविध विषयमा समेत छलफल हुनेछ। समितिका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।
Read full article →