नारायणीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोला जल मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान ६:५० बजे सूचना जारी गर्दै दुवै नदीका तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
Read full article →