जनसम्पर्क समिति अमेरिकामा आवद्ध पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
१७ असोज, काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाबाट रामजीवी पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यको उम्मेदवार हुनका लागि कोटा पहिलोपटक छुट्याइएसँगै पन्थले उम्मेदवारी दिने घोषणा गरेका हुन् । संशोधित विधान अनुसार जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्डबाट एक जना केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ […]