एक हजारभन्दा बढीको सहभागितामा ‘पिंकवाक २०२६’ सम्पन्न
काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भएको छ। शनिबार बिहान काठमाडौंको वसन्तपुरस्थित काठमाडौं दरबार क्षेत्रबाट सुरु भएको पदयात्रा ललितपुरको मङ्गलबजारस्थित पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न भएको हो। सहभागीहरूले स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारको महत्त्वबारे सचेतनामूलक सन्देशसहित पदयात्रा गरेका थिए। […]