महाधिवेशन लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दै कांग्रेस
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशनको सकाए लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दैछन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनमार्फत थप उर्जा लिएर नेताहरूले गाउँ–गाउँ पुगेर नागरिकलाई सुसुचित गराउने तयारी छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले महाधिवेशनले नागरिककहाँ पुग्ने गरी उर्जा भर्ने विश्वास व्यक्त गरिन् । […]