प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण
१८ असोज, काठमाडौं । प्रसवका बेला हुने पीडा कम गर्न प्रयोग गरिने ‘एपिड्युरल एनाल्जेसिया’ लाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक कार्यशाला आयोजना गरिएको छ । महाराजगञ्ज मेडिकल कलेजमा आयोजित एकदिने कार्यशालामा एनेस्थेसियोलोजिस्ट तथा एनेस्थेसियोलोजीका आवासीय चिकित्सकलाई प्रशिक्षण प्रदान गरिएको हो । कार्यशालामा काठमाडौं उपत्यकाका २४ जना एनेस्थेसियोलोजिस्ट र मेडिकल रेजिडेन्ट सहभागी भएका थिए […]